अनैतिक सम्बन्ध लुकाउन भाइको हत्या गरेकी प्रियंकाले गरिन् प्रहरी चौकीमै आत्महत्या

Posted on: 29 Oct, 2017

राम नारायण पंडित/कात्तिक १२, सिरहा, १२ कार्तिक । अनैतिक सम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । 

सिरहाको कर्जन्हा नगरपालिका २ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर आज सार्वजनिक गरेको केहि घण्टापछि  आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सिरहाका डिएसपी राजन भेटबालले बताए । 

काकाको छोरा तथा भाइ भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र निजका नजिकका साथी सञ्जयकुमार साह पक्राउ परेका थिए । 


पक्राउ परेका मध्ये प्रियंकालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेरको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

यो पनि पढ्नुहोस 

अनैतिक सम्बन्ध लुकाउन दिदिले लिइन् १३ बर्षीय भाईको ज्यान

सिरहाको कर्जन्हा नगरपालिका २ बन्दिपुरमा अनैतिक सम्बन्ध लुकाउन दिदिले  आफ्नो नजिकको केटा साथीको सहयोगमा भाईको हत्या गरेकी छिन् । 

यहि कार्तिक ३ गतेदेखि हराईरहेका स्थानिय कुसुमलाल यादवका १३ बर्षीय छोरा भवेश कुमार यादवको शव ५ गते बेलुकी हत्या गरि फालिएको अवस्थामा कर्जन्हा नगरपालिका २ स्थित बनमारा घारीमा फेला परेको थियो । 

भबेशलाई आफ्नै ठुलोबुवा राम उदगार यादबका १६ बर्षीय छोरी प्रियंका यादब र प्रियंकाका नजिकको केटा साथी तथा छिमेकी धनुषा धनौजीकट्टी ५ घर भई हाल कर्जन्हा नगरपालिका २ स्थित मामा नविन कुमार साहको घरमा बसी अध्ययन गर्दै आएका  नथुनी साहको १४ बर्षीय छोरा संजय कुमार साहले आफ्नो यौनलिला लुकाउन खुकुरीले घाँटी रेटि हत्या गरेको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चैयाले आज (आइतवार) पत्रकार सम्मेलन गरि भवेशको हत्यामा संलग्न प्रियंका र संजयलाई पक्राउ गरि सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा ईप्रका मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले भने “प्रियंका र संजयबिचको अनैतिक सम्बन्ध भबेशले देखेको र उक्त सम्बन्ध घरपरिबार र आफन्तलाई भनिदिने बताएका थिए” त्यसैले आफ्नो अनैतिक सम्बन्ध लुकाउने उदेश्यले दुवैजना मिलेर भबेशलाई हत्या गरेको हो” । 

उनले भने “भैसी चराउन गएको बेला प्रियंका र संजयबिचको अनैतिक सम्बन्ध भवेशले घटना हुनु भन्दा २ दिन अगाडी देखेएका थिए” । भबेशलाई यो कुरा कसैलाई नभन्न भनेपनि नमानेकोले आफुहरुले हत्या गरेको उनीहरुले स्विकार गरिसकेको डिएसपी गजुसिद्धि बज्राचार्यले बताए ।

कार्तिक ३ गते भटका र  मोबाइल भेटेको भन्दै भवेशलाई ललाईफकाई कर्जन्हा नगरपालिका २ मा रहेको नर्सरीको बनमारा घारीमा लगेर प्रियंका र संजयले खुकुरी प्रहार गरेर हत्या गरि फालेका थिए । हत्या गर्ने क्रममा प्रियंकाले आफ्नो सलले भवेशको आखाँ बन्द गरि खुकुरी प्रहार गरेको प्रहरीलाई बताएको छ ।

अपराधिलाई केन्द्रिय अनुसन्धान ब्युरो काठमांडौ, प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाका संयुक्त प्रयासमा पक्राउ गर्न सफल भएको डिएसपी बज्राचार्यले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!