सर्लाहीमा यातायात ब्यवसायीको मनोमानी, यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य

Posted on: 01 Nov, 2017

सरोज यादव/कात्तिक १५, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवा बाट चल्ने सार्वजनिक यात्रु वाहक बसमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

 यातायात ब्यवसायीको मनोमानी का कारण सदरमुकाम मलंगवा बाट जिल्लाका विभिन्न स्थानमा यात्रा गर्ने यात्रुहरू लाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

बसपार्कमा डिउटीमा खटिएका सुरक्षाकर्मी र सरोकारवाला निकायको बेवास्ताका कारण मलंगवा बाट चल्ने यात्रुवाहक बसले क्षमताभन्दा दोब्बर मानिसहरुलाइ भेडा बाख्राको जस्तै गाडीभित्र र छतमाथी कोंचेर यात्रा गराउने गरेका छन् ।वर्षौदेखि बिग्रिएर जिर्ण बनेको कच्ची सडकमा यसरी क्षमता भन्दा बढी यात्रु  राखेर सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बुद्धिजीवीहरुले बताएका छन् ।

यातायात ब्यवसायीहरुले जिर्ण सडक र बसको क्षमताको ख्यालै नगरी खुट्टा सम्म टेक्ने ठाउँ बाँकी नराखी कोचमकोच गरेर आफ्नै आँखा अगाडि  स्टैण्डबाट बस गुडेको देख्दादेख्दै पनि बसपार्कमा खटिएका सुरक्षाकर्मीहरु मुक दर्शक बनेर बसेका हुन्छन् , मलंगवा बसपार्कमा भेटिएका यात्रीहरुले भने ।यातायात ब्यवसायीहरुको मनोमानी प्रति सरोकारवाला निकायले कुनैपनि किसिमको कार्यवाही नगरेको भन्ने जनगुनासो बेलाबेलामा आउने गरेको छ ।

जिल्लाका विभिन्न स्थान बाट काम विषेशले सदरमुकाम मलंगवा आउने मानिसहरु साँझ पख आ -आफ्नो गन्तव्य तर्फ फर्किने भएकोले बेलुका ३ बजे पछिको बसमा यात्रुहरुको चाप बढी हुने र बसको संख्या पनि कम भएको कारण बाध्यता बस् गाडी भित्र नअटाएका यात्रुहरुलाइ छतमा बसाउनु परेको यातायात ब्यवसायीले दाबी गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!