बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा: २०० नेपाली विद्यार्थी समस्यामा

Posted on: 28 Nov, 2017

मङ्सिर १२, काठमाडौँ । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । 

यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् ।

विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम एन्ड डिसी)ले २१ वटा र नेपाल मेडिकल कलेजले थप तीनवटा कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको हो ।

बंगलादेशमा मेडिकल अध्ययनका लागि प्रत्येक वर्ष चार सयको हारहारीमा जाने गरेका छन् । नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!