मुगुमा भाईरल ज्वरोको प्रकोप बढ्दै, अस्पताल लैजाने मान्छेसम्म छैनन

Posted on: 04 Dec, 2017

नन्द बहादुर रोकाया/मसिर १८,  मुगु  । मुगुमा अत्यधिक चिसो बढेसँगै जिल्लाभर भाइरल ज्वरोका बिरामी बढ्दै गहेका छन् । 

सबैदुर्ई साता देखि फैलीएको भाईरलको प्रकोपले सम्रग मुगु जिल्लामा त्रास पैदा भएको छ । भाईरल जरोले एकै घरका चारपांच सम्म बिरामी परेका छन् । उपचारका लागी अस्पताल पु¥याउने मान्छे सम्म गाउँमा छैनन् । 

मुगुको छायाँनाथ रारा नगरपालीकाका ५ कार्कीवडाका धनलाल काकीका अनुसार मुगु जिल्लाका चारै भेगमा भाईरल जरोले सताएको बताउनुभयो । उहाँले भन्नुभयो दुई सातादेखि फैलीएको भाईरल जरोले समग्र मुगुबासी प्रभावित भएका छन् । 

ज्वरो आउने श्वासप्रश्वासमा कठिनाइ हुने, आँखा पोल्ने टाउँको दुख्ने लगायतका समस्या छन् । यता जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्थाहरुमा दैनिक साठीसत्तरी जना.भाईरल जरोका  बिरामीहरु पुग्ने गरेका छन् । 

जिल्ला स्वास्थ्य कार्यलय मुगुका अनुसार १३ जनाको मृत्यु भएको भन्ने खबर सार्वजनिक भए पनि सबै भाईरल मात्र नभई अन्य रोगका कारण मृत्यु हुनेको संख्या यति भएको जिल्ला स्वास्थ्य कार्यलय मुगुका मेडिकल अधिकृत डबल बहादुर मल्लले जानकारी दिनुभयो । 

भाईरल जरोले मुगुमा प्रकोपको रुप लिने थालेपछि धेरै बाहिर नहिंड्न, चिसोबाट बच्न र बालबालिकालाई सकेसम्म घरमै राख्न चिकित्सकहरुले सुझाव दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!