प्रदेश ६ को मुख्यमन्त्री दाबेदार महेन्द्र बहादुर शाही को हुन् ? भावी योजना के छ ?

Posted on: 11 Dec, 2017

दलसिंह गिरी/मंसिर २५ कालिकोट । महेन्द्र बहादुर शाही (कालिकोट प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ का नव निर्वाचित प्रदेश प्रतिनिधि) वि.सं.२०३३ साल माघ १५ गते कालिकोट जिल्लाको बिकट क्षेत्र पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस) वडा नं. ९ कोटिलामा मध्यमबर्गीय परिवारमा जन्मिएका हुन् । 


बाबु लाल बहादुर शाही र आमा रनकौडा शाहीको कोखबाट जन्मिएका शाही जन्मिएको करिव २ बर्षका हुदा बुवाको असामयीक निधन भई बाबु विनाका टुहुरा भएका थिए । एकल आमाको पालनपोषण मै हुर्किएका शाही गाउकै स्थानीय विद्यालयमा एसएलसी सम्म अध्ययन गरेका छन् । हाल उनको पारिवारीक कुरा गर्दा १ छोरी सुर्जा शाही, २ छोरा विदेश र सन्देश शाही साथमा पत्नी चन्द्राकुमारी शाही संगै आफ्नो शुखी परिवारीक जीबन बिताई रहेका छन् ।

शैक्षिक तथा राजनैतिक यात्रा

बच्पन अवस्थामा आफ्नै घर नजिकै रहेको श्री कालिका प्रावि कोटिला (अहिलेको कालिका आधारभूत विद्यालय) मा कक्षा ५ सम्म अध्ययन गरी माथिल्लो कक्षाका लागि श्री सरस्वती मावि भिट्टा नानीकोटमा कक्षा १० सम्म अध्ययन गरेर त्यसै विद्यालयबाट एसएलसी गरेका छन् । 


माध्यामिक विद्यालयमा अध्ययन गर्दै गर्दा स्थानीय  शिक्षक हस्त बहादुर शाही, नमराज शाही, लगायतका शिक्षकहरुको उत्प्रेरणाले २०४८ सालमा तत्कालिन नेकपा एकता केन्द्र मसाल (मोहन बैद्य नेतृत्वको) मा आवद्ध भएका शाही पार्टी सदस्य भए संगै एसएलसी पास पछि पढाईलाई भन्दा राजनैतिक कुराले बढी मन तानेकाले पार्टी संगठनमा बढी समय खर्चिदै आएका थिए । 

वि.सं. २०५२ सालबाट माओवादी नामले पार्टी सशस्त्र युद्धमा लम्कीदा त्यसैबेला शाही पनि भूमिगत तवरले युद्धमै होमिएका थिए । 


भुमिगत तवरले पार्टी संगठनमा रहदै गर्दा पार्टी संगठनको जिम्मेवारी र सैन्य संगठन दुबैमा समानान्तर भूमिका निर्वाह गर्दै शाही मध्यपश्चिमकै पहिलो सैन्य छापामार सदस्य भएका थिए । सैन्यक्षेत्रको बढ्दो जिम्मेवारी निर्वाह गर्दै सैन्य इन्चार्ज हुदै सैन्य डिभिजनको नेतृत्व सम्म अनुभव शाहीले सम्हालेका छन् । 

युद्धकालमा करिव ६ हजार माओवादी सेनाको एकैसाथ कमाण्ड गरेका शाही युद्धकालमा माओवादी पार्टीको राजनैतिक संगठनमा पनि त्यतिकै जिम्मेवारी रहेको थियो । शसन्त्र युद्धका बेला माओवादी सेनाको छैठो र सातौं डिभिजनको कमाण्डर बनेका शाही लडाईका ठूला–ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरिसकेको अनुभव छ ।


(उनकै भाषामा) १० बर्षे शसस्त्र जनयुद्ध पछिको देशमा भएको आमुलपरिवर्तन संगैको शान्तीप्रक्रिया पश्चात जनता माथि निहित जनता द्धारा निर्मित संविधान निर्माणका लागि नेपालमा पहिलो चोटी भएको संविधान सभा निर्वाचनको दोश्रो चरणमा कालिकोटबाट २०७० सालमा प्रत्यक्ष निर्वाचित संविधान सभा सदस्य शाही संविधानका मुलभूत ऐन नियम कानुन निर्माण गर्दै जादा कर्णाली क्षेत्रका आधारभूत आवश्यकता र मुलभूत एजेण्डाहरुमा अहम् भूमिका खेलेकाले नेपालको संविधान २०७३ बारे पुर्ण जिम्मेवार र जानकार रहेका छन् । 

शाही संविधान निर्माण प्रक्रियामा रहदा संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध आफै प्रस्तापक भै महाभियोग प्रस्ताव दर्ता गराएर निकै चर्चामा आएका थिए । 


माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य भै पार्टी भित्र इमान्दार छवि बनाएका नेताको रुपमा चिनिन् शाही पार्टीमा “प्रज्वल” उपनामले चिनिन्छन् । देउवा नेतृत्वको सरकारमा करिव ८३ दिन ऊर्जामन्त्रीको जिम्मेवारी र केन्द्रीय मन्त्रालयको अनुभव, अनुभूति समालेका शाही मत्रालयमा जिम्मेवारी बहन गर्दाका बखत विभिन्न महत्वपूर्ण, अविश्मरणीय काम समेत गरेका छन् ।

वि.सं. २०४२ साल पहिले नै सर्बे गरिएको भनिएको कालिकोटको फुकोट कर्नाली जलविद्युत परियोजनालाई एकाएक अगाडी सारेका शाही उर्जामन्त्री हुदाका बखत करिब ८३ दिनमा उल्लेखनीय काम गरेका छन् ।

२०७४ साउन ११ गते मन्त्रालय सम्हालेका शाहीले २०७४ असोज ३१ गते सम्म गरेका केही उल्लेखनिय कामहरुः

-कर्नाली करिडोर अन्तर्गतको ४ सय के.भी. प्रसारण लाइनको डि.पि.आर. सुरु गरी सो आयोजनाको लागी आवश्यक जग्गा अधिग्रहणको काम समेत अगाडी वढाइएको ।

-बिद्युतको केन्द्रीय प्रसारण लाईन नपुगेको कर्णाली अञ्चलमा राष्ट्रिय प्रसारण ग्रीडबाट विद्युत सेवा आपुर्ती गर्न आवश्यक व्यवस्था गरि काम प्रारम्भ गरिएको ।

-विद्युत उत्पादन कम्पनी मार्फत फुकोट कर्णाली लगायतका आयोजनाहरुको अध्ययन कार्य शुरु गर्नुका साथै फुकोट कर्णाली जलविद्युत आयोजनामा कर्णालीका स्थानीय जनता तथा निजामति लगायत सार्बजनिक सेवामा रहेका कर्मचारीहरुको शेयर लगानीको सुनिश्चितता गरिएको । नगद लगानी गर्न नसक्ने जनतालाई श्रमदान मार्फत शेयर लगानी गर्ने व्यवस्था मिलाइएको ।

-पूर्वदेखि पश्चिमसम्म तराई र मध्य पहाडमा ४ सय केभी प्रसारण लाइन, न्यू बुटवल –गोरखपुर तथा गल्छी केरुङ क्रसबोर्डर ४ सय केभी प्रसारण लाईन, कर्णाली, सेती, भेरी लगायतका नदी वेसिनमा ४ सय के.भी. प्रसारण लाइनलाई आगामी ५ बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी योजना अगाडि बढाईएको)

-मोवाइल एप्स तथा अनलाइन सेवा मार्फत ग्राहकहरुको विद्युत महशुल भुक्तानी गर्न सकिने व्यवस्था गरि काठमाडौं, पोखरा, भरतपुर, नेपालगन्ज, सुर्खेत, गुलरिया, कोहलपुर आदि स्थानमा संचालन गरिएको । (अन्य जिल्लामा प्रक्रियामा रहेको)

-संविधान वमोजिम विद्युत क्षेत्रको प्रादेशिक र स्थानिय तहमा प्रशासनिक तथा संस्थागत संरचना खडा गर्न प्रदेश नं. ६ मा समेत ने.वि.प्रा. वितरण तथा ग्राहक सेवा निर्देशनालयको क्षेत्रिय कार्यलय स्थापना गरिएको ।

-विद्युत खरिद विक्री तथा यसको उत्पादन प्रशारण वितरणलाई व्यवस्थित वनाउन व्यवस्थापिका संसद्बाट विधेयक पारित गराई विद्युत नियमन आयोग ऐन तयार गरिएको ।

-चीन सरकारसँग विद्युत व्यापारको लागी सम्झौता–पत्रमा हस्ताक्षर गरी ब्यापारको प्रक्रिया अघि बढाएको ।

-राष्ट्रिय प्रसारण लाइनलाई भविष्यमा समेत विद्युत आपूर्ती सहज वनाउन ४ सय के.भी.को प्रशारण लाइनको गुरुयोजना तयार गरि आवश्यक काम अगाडी वढाईएको ।

-सोलारबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न नेट मिटरिङ्ग प्रणाली शुरु भएको ।

-लामो समयदेखि रोकिएको वगास (ऊखु) बाट विद्युत उत्पादत गर्ने योजना हाल विद्युत उत्पादन लाइसेन्स दिएर उत्पादन गरि राष्ट्रिय ग्रीडमा जोड्ने तयारीमा रहेको ।

-लामो समयबाट रोकिएको कुलेखानी तेस्रो, चमेलिया, त्रिशुली ३ ए तथा ने.वि.प्रा. का सहायक कम्पनीबाट निर्माणाधीन अपर तामाकोशी, रसुवागढी, मध्य भोटेकोशी, सन्जेन जस्ता आयोजनाहरु दुरुत गतिमा अगाडी वढाइएको ।

-लामो समयबाट विद्युत उत्पादन अनुमति–पत्र लिइ काम नगरेका आयोजनाहरुको अनुमति–पत्र खारेजी प्रक्रिया अघि वढाइएको ।

-चमेलिया जलविद्युत आयोजना यही हिउँद अघि उत्पादन हुने व्यवस्था मिलाईएको ।

नेपाली जनता द्धारा प्रत्यक्ष चुनिएका जनप्रतिनिधि द्धारा निर्मित नेपालको पहिलो संविधान निर्माण प्रक्रियामा प्रत्यक्ष संलग्न रही काम गरेका शाही केन्द्रीय मत्रालयको अनुभव, संविधान निर्माण प्रक्रियाका अनुभव र देखि विदेश जादा बुटुलेका देखासिकी अनुभवहरुलाई केही बर्ष प्रदेशमा रहेर प्रदेशिक नेतृत्व गरी कर्नाली प्रदेशको समग्र विकास गर्नमा अक्षरस पालना गरी प्रदेशलाई समृद्ध बनाउने शाहीको ठूलो धोको रहेको छ ।

यसै शिलशिलामा शाहीले प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पाएमा प्राथमिकता दिइने भाबि योजनाहरुः

भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य पर्यटनलाई विशेष ध्यानदिने,

-हुम्ला डोल्पामा सडक संजाल पु¥याउनुका साथै प्रदेश नं. ६ सबै गाउ–बस्तीहरुमा सडक र विद्युतको पहुँच विस्तार गर्ने,

-बढ्दो बेरोजगारपनलाई नियन्त्रण गर्न अहिलेको जिवन निर्वाह मुखी अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्त्रण गर्न विशेषगरी आधुनिक कृषि ब्यवशायकरण गर्नुपर्ने, ।

-दक्ष जनशक्ति उत्पादनका लागि हरेक विधाका शैक्षिक संस्थाको विकास गरी योग्य जनशक्ति उत्पादन गर्ने,

-प्रदेशभर कम्तिमा १० वटा सुविधा सम्पन्न हस्पीटलहरुको विकास गरी उचित उपचार नपाएर अकालमै ज्यान गुमाउने दर नियन्त्रण गर्ने,

-प्रस्तावित कर्नाली प्रदेश देशकै सबैभन्दा बढी विद्युत उत्पादन केन्द्र भएकाले कर्नालीलाई टुरिजम हप्सको रुपमा विकास गर्ने,

-मानासरवर, छायानाथ, कैलाश पर्बत, राराताल, सेफोक्सुडोताल, सुर्खेतको काक्रेविहार, कालिकोटको त्रिबेणी, दैलेखको ज्वाला केन्द्र जस्ता कर्नाली प्रदेश भरीका साना ठूला सबै धार्मिक तथा प्राकृतिक क्षेत्रहरुलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्ने,

-कर्नाली प्रदेश हिमालय पर्बतको बढी प्रभाव क्षेत्र भएकाले अहिले ब्याप्त बढ्दो जलबायु परिवर्तनले पारेको असलाई नियन्त्रण गर्न यो प्रदेशलाई ग्रिन प्रदेशको रुपमा विकास गर्ने प्रमुख लक्ष्य रहेको छ ।

-बैदेशिक भ्रमणको शिलशिलामा थाइल्याण्ड, चीन र अस्टेलियामा बटुलेका देखासिकीका अनुभवका आधारमा अन्य थप प्रभावकारी अभियान अगाडी बढाउने ।

अन्तमा: यस्ता थुप्रै भावी योजना बताउने शाही साच्चिकै प्रदेश ६ को मुख्यमन्त्री भएमा सिंगो प्रदेशको अहिलेको यो दयनिय अवस्थालाई परिवर्तन गरी सबै तवरमा भरिपूर्ण भएको समृद्ध प्रदेशको रुपमा परिचित गराहोस् । हामी भोलिको दिनमा हाम्रा सन्ततिहरुलाई आजको यो अवस्था बताउदा उनीहरुलाई दन्ते कथा जस्तै बनोस् कर्नाली प्रदेशवासी सम्र्पूणको तर्फबाट अग्रीम शुभकामना ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!