कोकील अावाज भएकी जलजलालाई बँचाउन बि.बि. ले गरे सबैमा अाह्वान ! (जलजलाको भिडियो सहित)

Posted on: 25 Jan, 2018

सास । माघ ११, बर्दिया । 

    सानै उमेर देखि नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी , एक विलक्षण प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार कलिलो उमेरमा नै  दुबै मृगौला खराब भै अहिले मृत्युसँग लडिरहेकी छिन !


    यसका लागि अार्थिक अभाव भएका कारण सक्दो अार्थिक सहयोगका लागि अस्पताल पुगेका सङ्गीतकार बि.बि. अनुरागीले अाफ्नो फेसबुक स्टाटसमा कलाकारितामा अत्यन्त ठुलो सम्भावना बोकेकी जलजला को सकेसम्म छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले टड्कारो रुपमा आर्थिक समस्या खडा भएको परिवार बाट जानकारी गराउनु्हुँदै उपचारका लागि देश बिदेशमा रहनु भएका फराकिलो मन हुने महानुभाब हरुले निम्न खातामा आफु सक्दो रकम जम्मा गरिदिनु हुनको लागी हार्दिक अनुरोध गर्नुभएकाे छ । 


सहयोग गर्नका लागि:
Global IME बैंकको खाता नम्बर: 3507010003576(गंगबु शाखा काठमाडौँ)
खतावालाको नाम: Narayan Bahadur Darji( जलजलाको बुबा ।)
फाेन - 9843603005
अथवा सम्पर्ककालागी 
बि.बि.अनुरागी 9851074445
जीवन परियार(गायक )9851074006( जलजलाको मामा )

जलजलाको प्रस्तुती हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!