नागरिक एकता समाजद्वारा रामेछापका युवा थिङ र लामा सम्मानित

Posted on: 28 Jan, 2018


माघ १४,काठमाण्डौ ।

रामेछाप सुनापति गाउँपालिका३ हिलेदेवीका दुई युवा काठमाण्डौमा सम्मानित भएका छन् । शनिबार राजधानीमा नागरिक एकता समाजले सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै हिलेदेवीका रोज थिङ र तस्बीर लामालाई सम्मान गरेको हो ।


राष्ट्रिय नाचघर जमल आयोजित बृहत सांगीतिक एवं सम्मान कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उनीहरुलाई सम्मान गरेका हुन् ।

 

रोज थिङलाई वैदेशिक रोजगार सेवा सम्मानर तस्बीर मोक्तानलाई राष्ट्रिय सेवा सम्मानबाट सम्मान गरिएको छ । थिङ जुगल इन्टरनेशनलका अध्यक्ष हुने भने लामा अल्फा कोरियन स्कुलका प्रोपाइटर हुन् ।


कार्यक्रममा नवनिर्वाचित विभिन्न पार्टीका सांसदहरुलाइ समेत सम्मान गरिएको छ ।


कार्यक्रमका थप तस्विरहरु ।








तस्वीर सौजन्य : बिकाश देब लामा

यस बिषयमा तपाइको प्रतिक्रिया...!