'रामेछाप सिभिल च्याम्पियनसीप- २०७४' मा करिब २४ लाख खर्च हुने अनुमान

Posted on: 28 Jan, 2018

प्रज्वल पौडेल । माघ १४ ,काठमाण्डौ । 

"रामेछाप सिभिल च्याम्पियनसीप- २०७४" (तेस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता) बुधबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितीले आइतबार इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।


जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष पुरुषोत्तम कडरियाले खेलमा अनुमानित करिब २३ लाख ६४ हजार बजेट खर्च हुने जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, द्धितीय हुने टिमलाई १ लाख, तृतीय हुने टिमलाई ५० हजार र सान्वना हुने टिमलाई ३५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडिलाइ नगद १० हजार सहित ट्रफी, उत्कृष्ट डिफेण्डर उत्कृष्ट ब्लकर, उत्कृण्ट सटर, उत्कृष्ट स्पाईकर र उत्कृष्ट सर्वरलाई ५ हजार सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । कडेरियाले भन्नुभयो-" खेलकुद आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), स्थानीय निकायका सरकार, उद्योग व्यवसायी तथा खेलप्रेमीहरुबाट आर्थिक सहयोग संकलन हुने अपेक्षा गरिएको छ ।"


लिगकम नकआउटको आधारमा सञ्चालन हुने उक्तखेलमा प्रतियोगितामा सहभागी टोलीले प्लेइङ सेटमा बिभागीय टोलीमा (राखेप च्याम्पियनसीप- २०७४ सहभागी टिम सेट भित्र) रहेका तीन जनालाइ खेलाउन पाइने प्रतियोगिता संयोजक एवम् जिल्ला खेलकुद बिकास समितिका सदस्य सिताराम कार्कीले जानकारी दिनुभयो । खेलाडिलाइ दैनिक भत्ताका साथै जिल्ला बाहिरका टीमका खेलाडिलाइ यातायात खर्च आयोजकले व्यहोर्ने उहाँले बताउनुभयो । राष्ट्रिय खेलमा स्थानिय सिभिल खेलाडीलाइ पनि खेल क्षेत्रमा लाग्न हौसला मिल्ने बताउदै संयोजक कार्कीले रामेछापलाइ खेलकुद पर्यटनको विकास गराउनका लागि समेत जिल्लामा यस किसिमको प्रतियोगिता गराउन लागिएको धारणा राख्नुभयो ।


सदरमुकाम मन्थलीमा आगामी शनिबार सम्म चल्ने प्रतियोगितामा बिभिन्न क्षेत्रका १२ टोलीको सहभागीता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार पुर्बाञ्चल, मध्यमाञ्चल,पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट समेत टोली सहभागी हुने जनाएको छ । त्यसैगरी नमूनादीप युवा क्लब सैपू, प्याराडाइज युवा क्लब खिम्ती, हिमगंगा रामेछाप, लोकतान्त्रीक खेलकुद संघ रामेछाप, मन्थली युनाइटेड समाज मन्थली, शान्तीदीप युवा क्लब मन्थली सहभागी हुने बताइएको छ । पत्रकार सम्भेलनमा नेकपा एमाले केन्द्रिय सदस्य देवशंकर पौडेल, सासंद शान्तिप्रसाद पौडेल, रीता माझी, नेपाली काङ्ग्रेस सभापति लबश्री न्यौपाने, पत्रकार लगाएत खेल क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता रहेको थियो




तस्विर/प्रज्वल पौडेल र सुनौलाे रामेछापका श्रीहरी श्रेष्ठबाट


यस बिषयमा तपाइको प्रतिक्रिया...!