जनस्वास्थ्य कार्यालय नवलपरासीले स्थानिय सरकारलाई स्वास्थ्यचौकी हस्तातरण गर्यो

Posted on: 05 Feb, 2018

श्याम थापा/माघ २२, सुस्ता । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले सुस्ता गाउँपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य चौकी र स्वास्थ्य इकाईहरुलाई सुस्ता गाउँपालिकाको कार्यालयलाई हस्तातरण गरेको छ । 

सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा र जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका बरिष्ठ जनस्वास्थ्य प्रशासक अरुण कुमार महतोको प्रमुख खतिथ्यतामा र सुस्ता गाउँपालिका कार्यालयका कार्यकारी अधिकृत जिवलाल श्रेष्ठको बिशेषअतिथ्यतामा एक कार्याक्रम गरि जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले सुस्ता गाउँपालिका भित्र पर्ने ४ वटा स्वास्थ्य चौकी र १ वटा स्वास्थ्य इकाईको कार्यालयहरुलाई सुस्ता गाउँपालिकाको कार्यालयलाई हस्तातरण गरेको हो । 


कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्दै जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका बरिष्ठ जनस्वास्थ्य प्रशासक अरुण कुमार महतोले राज्यको सबिधानमा बिभिन्न बिषय गतका कार्यालयहरुलाई स्थानिय सरकारले सञ्चालन गर्ने अथवा स्थानिय तहलाई हस्तातरण गर्नु पर्ने भएकोले जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीको कार्यालय सुस्ता गाउँपालिका भित्र पर्ने सम्पुर्ण स्वास्थ्य चौकी र इकाईहरुलाई हस्तातरण गर्नु परेको बताए । 

हस्तातरणमा सुस्ता गाउँपालिका वडा न.१ रुपौलिया स्वास्थ्य चौकी,सुस्ता गाउँपालिका वडा न.२ मा रहेको कुडिया स्वास्थ्य चौकी, वडा न.४ मा रहेको नर्सही स्वास्थ्य चौकी, वडा न. ५ मा रहेको पकलिहवा स्वास्थ्य चौकी र सुस्तामा रहेको सुस्ता इकाई स्वास्थ्यको कार्यालय रहेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!