नियतिको चोटपर चोटले थला परेका वसन्त कुँवरको जिवन रक्षा गरौं

Posted on: 07 Feb, 2018

प्रेम सुनार/माघ २४, गुल्मी ।  नियति पनि कति निर्दयी ? एउटै व्यक्तिलाई पटक पटक चोटपर चोट दिईरहने । कतिपयको जिन्दगीमाा नियतिले चोटपर चोट दिएर कहिल्लै सुखको सास फेर्न नदिने पात्र मध्येकाएक हुन् गुल्मी म्यालपोखरीका वसन्त कुँवर । 

मदाने गाउँपालिका वडा नम्वर ५ म्यालपोखरी काभ्रेखोलातिरका ३४ वर्षिय वसन्तको जिन्दगी निकै कहाली लाग्दो छ । उनि दुई वर्षको दुधे वालक छँदा उनकी आमाको मृत्यु भयो । वावु निमेक मजदुरीमा हिड्ने उनिको वात्सल्य किनै कारुणीक अवस्थामा गुज्रियो  ।


जेहोस् जनतन हुर्किए । गाडी लाईनमा लागे विस्तारै गाडी चलाउन सिके । कसै संग नमिठो वोल्न नजान्ने अत्यन्तै मिलनसार, ईमान्दार भएकोले पनि उनलाई गाडी मालिकहरुले विश्वास गरेर गाडी चलाउने काम दिएका थिए । 

अव त केहि गर्छुकी भन्ने वेलामा सात वर्ष अघि उनका वावुलाई अल्सर सम्वन्धि रोग लाग्यो । करिव ३ लाख खर्च जुटाउनु उनका लागि हात्तिलाई वोकाको भारी तुल्य थियो । तै पनि घर खेतकै चुनौती मोलेर उक्त रकम जुटाए वसन्तले ।  तर वावुलाई बचाउन भने सकेनन् ।

त्यही ऋणको भारीले थिचिएका वसन्तले सिमिचौरमा  लोकल वस चलाउँदै ऋण निखार्ने प्रयत्नमा थिए । तर फेरी नियतिले उनि आफ्नै शरिरमा ठुलो वज्रपात ग¥यो ।  स्वाथ्य परिक्षण गराउँदा उनको दुवै मृगौला फेल भएको पत्तो लाग्यो । 

पुरानै डेढ दुई लाख ऋण तिर्न बाँकी रहेका वसन्तलाई २० देखि २५ लाख रकम नभए जिवन नै जाने भए पछि छाँगाबाट खसे जस्ता भए । हामी संगको भेटमा उनले गहभरी आँशु पार्दै भने–‘ मेरो चिन्ता थिएन तर छोरा छोरी श्रीमतिले दुख पाउने भए,  सवैले सहयोग गरे मेरा वालवच्चा विचल्ली हुनबाट वच्ने थिए । ’

उता श्रीमति तारा कुँवर दुई सन्तान काँखमा लिएर रोएको रोवै गर्छिन । लौन मेरो श्रीमानलाई बचाई दिनुस भन्दै हात जोड्छिन् । उनका  काका कमल कुँवर भन्छन हामी  संघ–संस्था, सरकारी कार्यालय, घर–घर, व्यक्ति–व्यक्ति संग पुगेर सहयोग अभियान चलाएका छौं, हाल सम्म १ लाख ८० हजार जति रकम उठेको छ, त्यसले त छेवै लाग्दैन, यसर्थ सञ्चार माध्यम मार्फत देश विदेशमा रहने नेपालीहरु संग सहयोगको हात फैलाउन आएका हौं ।

उनको मिलानसार व्यक्तित्व र सहयोगी भावना भएकोले आफुले वस चलाउने गाउँ अर्थात सिमिचौरका वासीन्दा समेत उनलाई वचाउ अभियानमा जुटेका छन् । 

सिमिचौर स्थित जनचेतना आमा समुह आफैले १० हजार दिए भने अरु संग सहयोग संकलन गरेर करिव ३० हजार भन्दा बढि संकलन गरेर उनको खातामा हिजो मात्र  समुहकी अध्यक्ष मोहनकुमारी थापा र सचिव सरस्वती ज्ञवालीले सो रकम राखी दिएका छन् ।

सचिव ज्ञवाली भन्छिन् त्यतिको सोझो र सहयोगी मान्छे विरलै हुने भएकोले गाउँवासीहरु थैया.. भन्दै सहयोग संकलनमा जुटेका हुन् । उनले थपिन–‘ हामी सवैले एकएक छाक नखाएर पनि  उसलाई वचाउन म अनुरोध गर्दछु ।  

त्यसो त उनलाई नजिकबाट चिन्ने जो कोहीले उनलाई सहयोग नजुटाउ भन्ने कोही छैनन् , सवैले उनको जिवन रक्षाको दुहाई मागेका छन्  ।  उनि अहिले काठमाण्डौ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा डाईनसिस गराई रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!