पत्रकार नवराज श्रेष्ठको नेतृत्वमा फोनिज रामेछापको नयाँ कार्यसमिति गठन

Posted on: 19 Mar, 2018

प्रज्वल पौडेल । फागुन ५, रामेछाप । रामेछापमा नवराज श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) गठन भएको छ । सदरमुकाम मन्थलीमा सोमबार भएको प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।  नवगठित संघको उपाध्यक्षमा सम्झना श्रेष्ठ, सचिवमा तिर्थमाया तामाङ, सह सचिवमा निरोज श्रेष्ठ र कोषाध्यक्षमा कुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी प्रसान्त हायु , अनिता थापा मगर , सुमित्रा तामाङ र प्रविन तामाङ फोनिज रामेछापको सदस्य बनेका छन् । अधिवेशनले पत्रकार सुमित श्रेष्ठ , युनिक विफा घिसिङ र ज्ञानु श्रेष्ठ केन्द्रिय पार्षद बनाएको छ भने प्रदेश पार्षदमा युवराज श्रेष्ठ , शान्ता श्रेष्ठ र तुल्सीदेवी श्रेष्ठ चयन भएका छन् ।


पदभार ग्रहणपछि  साझासबालसँग कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आदिवासी जनजातिका मुद्दासँगै समग्र नेपाली पत्रकारिताको हितमा संगठनले काम गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो- " सरोकारवाला सबैसँग सहकार्य गरेर फोनिजलाई अगाडि बढाउने छु । सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी जनजाति पत्रकारहरुको क्षमता विकासका लागि पहल गर्छु ।" 

श्रेष्ठ नेपाल पत्रकार महासंघ रामेछाप सचिव समेत रहेका छन् । जिल्लामा जनजातिहरुको हकहित अधिकारका निम्ति आवाज बुलन्द बनाउने पदाधिकारीहरुको भनाइ रहेको छ । 


फोनिज रामेछाप तदर्थ समितिका अध्यक्ष सुमित श्रेष्ठको अध्यक्षता र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुङ्गेलको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटनसत्र भएको थियो ।कार्यक्रममा पूर्व अध्यक्ष नवराज पथिक , प्रेस चौतारी नेपाल रामेछापका उपाध्यक्ष कैलाश खत्री , प्रेस युनियन रामेछापका अध्यक्ष बद्रि नयाँघरे र संचारीका समुह रामेछापका अध्यक्ष शान्ता श्रेष्ठ लगाएतले शुभकामना दिएका थिए । उनीहरुले फोनिजले सबैसँग समन्वय गरेर पत्रकारहरुको वृद्धिविकासमा ध्यानदिनुपर्नेमा जोड दिएका थिए । जिल्लामा पत्रकारहरुको हकहितका लागि काम गर्ने संस्थासँग सहकार्य गरेर फोनिज अगाडि बढ्नुपर्ने उनीहरुको भनाई छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!