नयाँ वर्षमा शिक्षककै महाअभियान (भिडियो)

Posted on: 14 Apr, 2018

सास । बैशाख १, बर्दिया । 

“हामी सबैको इच्छा, निःशुल्क, अनिवार्य आधारभूत शिक्षा” भन्ने मूल नाराका साथमा भोलिदेखि देशव्यापी रुपमा शुरु गर्न लागिएको विद्यालय भर्ना अभियान २०७५ लाई सफल पार्नका लागि बर्दियाका एक शिक्षकले महाअभियानको शुरुवात गरेका छन् ।

 

प्लान इन्टरनेशनलको सहकार्यमा बारबर्दिया नगरपालिकाद्वारा नगरक्षेत्रमा कोही पनि बालबालिकाहरुलाई विद्यालय बाहिर नरहनका लगि “एक व्यक्ति एक बच्चा” भर्ना अभियान थालिएसँगै नगरपालिकाले उत्पादन गरेको साङ्गितीक जिङ्गलमा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रभात सुवेदीको रचना, सङ्गीत र आवाज रहेको यो जिङ्गल सार्वजनिक गरिएको छ । उनलाई गायिकाहरु कविता खत्री र पे्रक्षा रिमालले साथ दिएका छन् । जिङ्गलको संगीत संयोजन रकेश वलीले गरेका हुन् । 

यस प्रकारका जिङ्गलहरुबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने र विद्यालयमा बालबालिकाहरुलाई भर्ना गर्नका लगि सहज वातावरण बन्ने कुरा बारबर्दिया नगरपालिकाका शिक्षा प्रमुख टीकानाथ गोसाईंले बताउनुभयो । 

हेर्नुहोस् भिडियो :



यस बिषयमा तपाइको प्रतिक्रिया...!