गुलरियाको आकाशमा जे देखियो ! (रोमाञ्चक भिडियो सहित)

Posted on: 24 Apr, 2018

सास । बैशाख ११, बर्दिया । 

गुलरियाको आकाशमा अचानक अचम्मको बस्तु देखा परेको छ । भिडियो तल दिइएको युट्युव लिङ्कमा गएर हेर्नुहला । मन र मुटु दर्हो हुनेहरुले मात्रै हेर्नुहोला । 


यो दृश्य गत वर्ष बैशाख १७ गतेको हो । उनले पारामोटर बनाएर उडाएको एक वर्ष पुग्नै लाग्दा अब्दुल सलामको सम्मानमा साझा सबाल बर्दियाले यो भिडियो सहितको समाचार पोस्ट गरेको छ । यतिका समय हुँदा पनि राज्यले वहाँको प्रतिभालाई कुनै पनि वास्ता गरेको छैन भने वहाँले पानीमा अवतरण गराउन सकिने र बाढी वा प्रकोपका बेला सहजै उद्धारमा प्रयोग गर्न मिल्ने पारामोटर बनाउने सपना अधुरो रहेको छ । यस्ता प्रतिभावान व्यक्तिहरुलाई राज्य तथा सम्बन्धित मन्त्रालयबाट बाेलाएर अवसर दिनुपर्नेमा त्यस्तो देखिएको छैन । त्यसैले पनि यो वहाँको कार्यकुशलतालाई पुन एक वर्षपछि हामीले संझेका छाैं । 

यो देखिसकेपछि कसैले ‘सरकार र नेताहरुले यस्ता व्यक्तिहरुलाई राख्नु पर्दछ भन्दै थिए, विदेशीले थाहा पाए भने लैजान्छन् । कोही हुटिङ गर्दै थिए । कोही स्यावासी दिँदै थिए  भने कोही अचम्मित हुँदै थिए ।’ पारामोटर तल र माथि गरेको देखेर कसैको मुटुको धड्कन पनि बढेको थियो । तर यसैबीच एक पाँच दशक उमेरका जना व्यक्ति निकै हसिलो मुद्रामा देखिए । वहाँ हुनुहुन्थ्यो गुलरिया बर्दिया निवासी अब्दुल सलाम । 

वहाँको करिब दुई बर्षको लगातार मिहिनेतपछिको सफलता थियो यो पारामोटरको उडान । यो पारामोटर भने भारत गुजरातका पाइलट निरज हुदाले उडाएका थिए । 

हेर्नुहोस् यो रोमाञ्चक भिडियो :

जति सक्दो भिडीयो र यो समाचार सेयर तथा लाइक गरिदिनुहोला ताकि नेपालमा पनि यस्ता प्रतिभा छन् भन्ने सबैलाई चेतना होस् । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!