दुवै हात नभएकी खोटाङ्गकी सम्झना खुट्टाले परिक्षा दिदैं

Posted on: 15 May, 2018

चिसाङ शेर्पा/जेठ १, खोटाङ | खोटाङमा दुबै हात नभएकी एक छात्राले माध्यमिक तह कक्षा ११ को परिक्षा दिईरहेकी छन् ।


खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी सम्झना राई कक्षा १ देखी नै खुट्टाले लेखेर कक्षा ११ सम्मको परिक्षा दिईरहेकी हुन् । जन्मजात दुवै हात नभएपछि उनले अध्ययनसँग सँगै हरेक परिक्षा तथा गृहकार्यहरु खुट्टाले लेख्दै आएकी छन् ।  

भगवती दिनानाथ मावि खोटाङबजारमा अध्यनरत छात्रा सम्झना अहिले जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी मावि परिक्षा केन्द्रमा परिक्षा दिईरहेकी छिन् ।

सम्झनाको आर्थिक स्थिति कमजोर भएपनि पढाईमा अव्वल रहेको चिसापानी माविका प्रधानाध्यापक रामबहादुर राउतले जानकारी दिनुभयो । ‘दुवै हात नभएपनि सम्झनाले खुट्टाको भरमा सम्पूर्ण काम गर्न सक्छिन्’ राउतले भन्नुभयो ।

खोटाङमा ३ हजार २५५ जनाले कक्षा ११ को परिक्षा दिइरहेका छन् । नियमिततर्फ १५ सय ९९ आंशिक तर्फ १६ सय ५६ जनाले परिक्षा दिइरहेका राष्ट्रिय परिक्षा वोर्ड शाखा कार्यालय लाहानका कार्यालय प्रमुख रमेश बहादुर दाहालले जानकारी दिनुभयो । कक्षा १२ मा नियमिततर्फ १२ सय ९५ र आंशिकतर्फ १ हजार ६६ जनाले परिक्षा दिएका थिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!