नेपालको राष्ट्रिय ध्वजावाहक एयरबसको पहिलो गन्तव्य कतार

Posted on: 30 Jun, 2018

असार १६, काठमाडौँ | नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भित्राएको एयरबस (वाइडबडी) जहाजको पहिलो गन्तब्य कतारको दोहा हुने भएको छ  । जसको लागि आगामी साउन १६ गते जहाजले कतारको दोहा उडान भर्ने तय भएको छ ।


नेपाल वायु सेवा निगमले किनको ए ३३० विमान बिहीबार ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘अन्नपूर्ण’ नाम राखिएको उक्त विमानले ‘नाइन एन एएलवाई’ कलसाइन पाएको छ । तर यो जहाज उडाउनको लागि पाइलट र कोपाइलटको व्यवस्था भने भएको छैन जसको लागि विदेशबाट पाइलट खिजिएको छ । 

एउटा वाइडबडी जहाज चलाउन ८ जना पाइलट र ८ जना कोपाइलट आवश्यक पर्छ । तर हाल चार जना पाइलटको मात्र टुंगो लागेको छ । थप पाइलट विदेशबाट ल्याउने तयारी छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!