नेपाल आइडलको दोस्रो सँस्करण आजदेखि

Posted on: 09 Aug, 2018

साउन २४, काठमाण्डौ | नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरन्यासनल सिंगीङ्ग रियालिटी सो नेपाल आइडलको प्रतिक्षा समाप्त भएको छ । नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरु समक्ष यसको दोश्रो संस्करण (नेपाल आइडल टु) एपी वान एच डी मार्फत आज साउन २४ गते  देखी हरेक हप्ताको बिहिबार र शुक्रबार दुइदिन राती ८:३० देखि प्रसारण हुने भएको छ ।


अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडल टु को प्रस्तोतामा भने रिमा विश्वकर्मासंग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि  निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् ।  

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्धलामाले पहिलो स्थान प्राप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए । 

नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल बिजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपेका थिए । आफुले गाएका गीतहरुको भिडियो प्रसारण हुने बित्तिकै ट्रेन्डिङ्ग मा पर्ने गरेबाट आइडलका बिजेताहरुको ख्याती प्रमाणित गर्दछ । 

मन जित्छ उस्ले, सुमधुर गाउछ जस्ले भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै शुरु हुने नेपाल आइडल टुका बिजेताले २० लाख नगद, एउटा होन्डा डब्लु भि कार, एउटा एल्बमको सम्झौता र वल्ड टुर अथवा ५० लाख नगद, एउटा एलबमको सम्झौता र वल्ड टुर मध्य एक छनौट गर्न पाउने छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!