तस्वीरमा गुल्मीको गौरा पर्व रौनक

Posted on: 03 Sep, 2018

प्रेम सुनार  | भदौ १८, बुटवल | आज  गौरा एवं दुर्वाष्टमी पर्वका दिन गुल्मीको सदरमुकाममा दिनैभ।र  लोपउन्मुख वाली गित गाउँदै र बाजा तालमा नाच्दै भव्य रुपमा मनाईएको छ ।

दुर्बाष्टमी अर्थात दुबोको पुजा गरी त्यसै दुबो हातमा समातेर  रोपाईको शैलीमा झुक्दै नाच्दै गरेको दृश्यले निकैै रौनक छाएको थियो । तम्घास स्थान संयुक्त मन्दिर  पुजा ब्यवस्थापन समितिले  दुर्बाष्टमी  पर्व मनाएको हो । 

समितिका अध्यक्ष नरप्रसाद श्रेष्ठले यस्तो परम्परा २०३१ साल देखि धान्दै आएको बताए । विश्व हिन्दु महासंघका अध्यक्ष सुरेशचन्द्र भुसालले श्रीकृष्ट भगवान गएराती जन्मेकोले त्यसको खुशीयालमा हरेकका प्रतिभाहरु प्रष्फुटन हुने गरी रमाईलो मनाउने परम्परा रहँदै आए अनुरुप यो पर्व मनाईएको बताए । 


आज विहान पदयात्रा निकालेर भर्जन किर्तन र बाजा तालमा नाच्दै तम्घास स्थान मन्दिरमा पुजा आराधाना गरिएको थियो । अहिले साझ सम्म वाली गित गाउँदै  स–साना वालिवालिका देखि बृद्ध बृद्धा सम्म बाजा तालमा नाच्दै छन । त्यस मन्दिर ब्यवस्थान समितिले आज सनातन धर्मको एउटा गतिलो उदाहरण देखाएको थियो । 

कुनै खालको जातिय विभेद थिएन त्यहाँ । खिर तरकारी पकाएर एउटै मेशमा सवै जात जातीहरु रमाउँदै खाँदै थिए ।  विश्व हिन्दु महासंघका अध्यक्ष भुसालले पहिला दलित समुदायका भक्तजनहरुलाई टिका लगाई दिएर  टिकाटाला सुरु गरेका थिए । केहि वर्ष अघि सम्म त्यस मन्दिरमा टिका लगाई दिने चलन थिएन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!