नेपाल आइडलको गाला राउण्डमा पुग्न सफल पवन गिरी को हुन? यस्तो छ उनको भित्री कथा

Posted on: 24 Sep, 2018

असोज ८, दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर पाँचमा जन्मेर काठमाडौको शंकरदेब क्याम्पसमा स्नातक तह अन्तिव वर्षमा अध्ययनरत पवन गिरि आफ्नो क्षमतालाई बाहिर ल्याउन नेपाल आईडल सिजन टु मा सहभागी भएका छन् ।



गिरीलाई सानैदेखी गायन, लेखन, संगीतमा रुची थियो । तर उनले पारिवारिक समस्या , नाजुक आर्थिक स्थितिका कारणले आफ्नो कला बाहिर प्रस्तुत गर्ने उचित वातावरण पाएनन् । संगित सिक्ने मन हुदाँ हुँदै पनि उनले सिक्न सकेनन् । सानैदेखी गायक बन्ने सपना बोकेका उनलाई अहिले एपीवानमा संचालन भईरहेका नेपाल आईडल उनको क्षमता देखाउने फोरम बनेको छ । उनी उत्कृष्ठ १२ अर्थात गाला राउण्डमा पर्न सफल भएका छन् ।

उनी विशेष गरि बेस्टन ज्याज टाईपको गीत गाउन रुचाउँछन् । पर्याप्त मात्रामा संगित सिक्नको लागी नसकेपनि पछिल्लो दुई वर्ष यता उनी संगितसंग आवद्ध हुन थालेका छन् । उनी कहिलेकाही आफ्नो चाहाना पुरा गर्न तथा पकेट खर्च जुटाउनका लागी आफुले चिनेका साथीहरुसंग कहिलेकाही ठमेलका क्लबहरुमा गएर गित गाउने गर्दछन् ।


उनका बाबु भिम बहादुर गिरी आरआर क्याम्पसमा पालेको काम गर्दछन् । पालेको काम गरेर जिविको पार्जन गर्ने गिरी परिवारले पवनलाई उनको ईच्छा अनुसार परिवारले संगित सिकाउन सकेनन् । पवन अहिले आफै खर्च जुर्टार संगित सिक्न थालेका छन् । उनले आफ्नो क्षमता नेपाल आईडलमा प्रस्तुत गरिरहेका छन् । बच्चा देखीको गायक बन्ने सपना पुरा गर्न उनी नेपाल आईडलमा सहभागी भएका छन् । उनी नेपाल आईडल जितेर आफ्नो सपना पुरा गर्न चाहान्छन् । उनले सबैलाई नेपाल आईडलमा आफ्नो प्रस्तुतीलाई हेरेर भोट गरि सहयोग गरिदिन समेत आग्रह गरे ।

साभार ः ओटिभी नेपाल डटकम

यस बिषयमा तपाइको प्रतिक्रिया...!