शृंखला खतिवडा मिस वर्ल्ड प्रतिस्पर्धाको सेमिफाइनलमा प्रवेश

Posted on: 23 Nov, 2018

मङ्सिर ७, काठमाडौं | चीनको सान्या सहरमा चलिरहेको मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा मिस नेपाल–२०१८ शृंखला खतिवडा सेमिफाइनलमा प्रवेश गरेकी छिन् । उत्कृष्ट ३० मा छनोट भएकी उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले आफ्नो फेसबुक पेजमार्फत आफू सेमिफाइनलमा पुगेका जानकारी दिएकी हुन् । 

मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला यसअघिदेखि नै अगाडि छन् । उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन् । आउँदो डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!