चर्चित युवा खेलाडी सन्दीप लामिछाने कलेज भर्ना भए

Posted on: 04 Dec, 2018

मंसिर १८, काठमाडौं । चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । लामिछाने बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा भर्ना भएका हुन् | उनले मंगलबार बिहान आफैं पुगेर भर्ना फारम भरेका थिए ।


कलेजका अनुसार सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना भएका हुन् । उनलाई चार वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् ।

सन्दीपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने बताएका छन् । क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न पनि जाने उनको भनाई छ ।

सन्दीपले म्यानेजमेन्ट विषय लिएर प्लस टु पढे पनि उतीर्ण भएका थिएनन् । कलेजमा उनले एउटा भारतीय कलेजबाट प्लस टु पास गरेको सर्टिफिकेट पेश गरेका छन् । कलेजको नाम भने उनले खुलाउन चाहेनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!