यसरी मनाइयो टोपी दिवस (तस्वीरमा हेर्नुहोस्)

Posted on: 01 Jan, 2019

पुस १७, काठमाडौँ | ‘नेपाली टोपी: हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । 


माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् । 

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी ९ढाका टोपी, भाद्गाउँले टोपी०लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ । 


राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । 

टोपी दिवसमा र्याली 

अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा आज बिहान झापा काँकडभिट्टा बृहत् र्याली गरिएको छ । 

ट्राभल्स सङ्घ झापाको आयोजनामा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुखसहितको टोलीले ढाका टोपी लगाएर काँकडभिट्टा बजार परिक्रमा गरेको हो । 

नेपाली ढाकाटोपीलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले टोपी दिवस मनाइएको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर कार्कीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!