डा. भोला रिजालको सल्लाहमा खाने भियाग्रा भन्दा हाम्रो प्रस्तूतिले धेरैलाई इमोसनमा ल्याउँछ–ज्योति मगर

Posted on: 25 Feb, 2019

पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवमा आईतवार हट तथा चर्चित गायिका ज्योति मगरले दर्शकहरुलाई कपडा खोलेरै मनोरन्जन दिईन । स्टज चढ्दा शरिरले थाम्न नसक््ने गरि लगाएका कपडा एकाएक खोलिन र भनिन मनोरन्जनका लागी सवैथोक गर्न मिल्छ । आफूलाई जे राम्रो लाग्छ तेहि गर्ने हो । म सवै जातजाति धर्म संस्कृतिलाई उत्तिकै सम्मान गर्छु तर म आपनो कलालाई दर्शकहरुको भरपूर मनोरन्जनका लागी प्रयोग गर्छु ।


फूल कपडामा खोलि भित्र पानी चोली भित्र जवानी भन्ने गित प्रस्तूत गर्दै नचाउन थालेकी मगरले केहि समय पछि हाप कपडामा अन्य गितिहरु प्रस्तूत गरेकी थिईन ।


उनले अर्कि गायिका सरस्वती लामा तर्फ ईड्गीत गर्दै यस भन्दा अगाडी यहि महोत्सवमा गरेको प्रस्तूतिकरणको वारेमा भने सन्तुष्टि नरहको वताईन ।

 

उनले डा भोला रिजालले पर्वतका धेरै राम्रा पूरुषहरु जस्को उमेर अलि घर्केको छ त्यस्ताहरुलाई उपचार गर्न पर्वतमा सरस्वती लामालाई जान सूझाव दिएका तर त्यो अनूसार नभएको व्याड्ग्य गर्दै डा भोला रिजाललको सल्लाहमा खाने भियाग्रा भन्दा हाम्रो प्रस्तूतिले धेरैलाई इमोसनमा ल्याउने वताईन । यस भन्दा केहि दिन अगाडी हट गायिका भनेर चिनिने सरस्वती लामाले यहि महोत्वमा फूल कपडामा प्रस्तूति दिएकी थिईन ।


पिरतीमा दम छ, चोरीखान पल्केको ढाडे विरालो,जिम्माल वाउको छोरी लगायत दर्जनौ गित गाएर पर्वतेली दर्शकहरुलाई भरपूर मनोरन्जन दिएकी थिईन ।


स्टेजमा रहका पर्वतका प्रमूख जिल्ला अधिकारी, जलजला गाउंपालिका अध्यक्ष लगायतका नेताहरु ज्योतिले फूल कपडा खोलेर हाप कपडामा प्रस्तूति गर्न लागेपछि वाहिरिएका थिए । फागून ७ गते देखि लगाएको प्रथम मगर महोत्सव १५ गते मगर दिवश मनाएर सकिने छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!