साढे ३ अर्ब रुपैयाँ पर्ने विश्वकै महंगो घडी,यस्ता छन् विशेषता

Posted on: 14 Nov, 2019

कार्तिक २८, एजेन्सी | स्विजरल्याण्डको लग्जरी ब्रान्डको घडी छ जसको मूल्य संसारकै अन्य घडीको भन्दा महँगो रहेको छ | जसको मूल्य पर्छ ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ | Grandmaster Chime 6300A-010 नामक उक्त घडी कसैले पनि लगाएका छैनन् |


निर्माता कम्पनी पाटेक फिलिप्पेले हालै एक लिलामीका क्रममा दुनियाकै अहिलेसम्मको महंगो घडी ३ करोड १० लाख स्वीस फ्रान्कमा बिक्री गरेको हो | उक्त रकम कम्पनीले परोपकारी परियोजनाका लागि दान गरेको छ | इलथि ध्बतअज नामको उक्त च्यारिटी लिलामीको आयोजना स्विजरल्याण्डको जेनेभामा गरिएको थियो सोहि क्रममा ५ मिनेटमै घडी बिकेकेा थियो ।

उक्त घडी अढाई करोड देखि ३ करोड स्विस फ्रान्क सम्ममा बिक्रि हुनसक्ने पूर्वानुमान कम्पनीले गरेको थियो । तर ३ करोड १० लाख स्वीस फ्रान्कमा घडी किन्ने मानिस तयार भएका थिए | सन् २०१७ मा उक्त घडी १ करोड ७८ लाख स्विस फ्रान्कमा बिक्रि भएको थियो | यसअघि रोलेक्स कम्पनीको म्बथतयलब च्यभिह घडी विश्वको सबैभन्दा महंगो घडीको रुपमा रहेको थियो । 

यस घडीका विशेषता भनेको समय बताउनुका साथै अन्य विभिन्न २० वटा फिचर रहेका छन् | यसका एउटा विशेष रिंगटोन, फोर डिजिट इयर डिस्प्लेवाला विशेष क्यालेन्डर, सेकेन्ड टाइम जोन तथा २४ घण्टा तथा मिनेट सबडायल जस्ता फिचर रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!