कुखुराको हत्या गरेको आरोपमा ७ जना पक्राउ

Posted on: 24 Nov, 2019

मंसिर ८,एजेन्सी | मानिसको मात्र नभई कहिलेकाही जनावरको हत्या हुदाँ पनि चर्चा पाउदो रहेछ | भारतमा एउटा कुखुरा मारेको विषयलाई लिएर हंगमा मच्चिएको छ | कुखुरा मारेको आरोपमा ७ जना पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ |

उक्त हत्या गरिएको कुखुराको पोस्टमार्टम गरिसकेको छ | भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ | भारतको बिहारस्थित कैमुर जिल्लाको फिरोजपुर गाउँमा भएको उक्त घटनाले स्थानीय एकजना महिलाको कुखुरा फार्मबाट छिमेकीले कुखुरा चोरेछन् | जब महिलाले आफ्नो कुखुरा चोरी गरेको देखिन् तब चोर्नेवाला छिमेकीले उक्त कुखुरा मारिदिए |

कुखुरा चोरेर मारेको भन्दै ती कुखुरा धनी महिला र उनका छोरा चोरी गर्ने छिमेकीको घरमा पुगे | तर कुखुरा चोर्ने छिमेकीले उल्टै ती आमा छोरालाई पिटेर घाइते बनाए । ती महिलाले आफ्नो कुखुरा चोरी गरेको, कुखुरा मारेको र आफूमाथि कुटपिट गरेको भन्दै आफ्ना ७ जना छिमेकीविरुद्ध प्रहरीमा उजुरी दिइन् | सातै जनालाई प्रहरीले पक्राउ गरेर छानबिन थालिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!