आन्तरिक पर्यटकले भरियो कुस्मा

Posted on: 25 Nov, 2019


नेपाल भ्रमण वर्ष २०२० नजिएकैसँगै पर्वतमा आन्तरीक पर्यकहरुको संख्यामा बृद्धि भएको छ । 

पछिल्लो समय कालीगण्डकी र मोदीखोलाको खोंचमा निर्मित र निर्माणाधीन अग्ला झोलुंगे पुल, निर्माणाधीन बन्जीजम्प, कुस्मा–बलेवा यान्त्रिक पुललगायतले पर्यटकलाई लोभ्याएको हो ।

दक्षिण एसियाकै अग्लो बञ्जीजम्प संचालनको अन्तिम तयारीमा छ । पुल निर्माण सम्पन्न भएको छ भने अन्य भौतिक समाग्री निर्माण हुने क्रम जारी छ । 

बञ्जीजम्म निर्माणस्थल नजिक भीरमा संचालन भएको सहासिक पिङले अहिले आन्तरीक पर्यटकलाई आकर्षण गरेको छ । छिमेकी जिल्ला बागलुङ, म्याग्दी, कास्कीदेखि सहासिक पिङ खेल्न र हेर्नको लागि दैनिक ५ सयको हाराहारीमा आन्तरीक पर्यटक आउने गरेको कुश्मा नगरापालिका ५ का वडा सदस्य तथा रक गार्डेल रेष्टुरेन्टका संचालक नगरेन्द्र केसीले बताए ।

पछिल्लो समय कुस्मामा निर्मित अग्ला झोलुंगे पुल, गुप्तेश्वर, अलपेश्वर, लालेश्वर, पार्वती गुफा, निर्माणाधीन बन्जीजम्प, कुस्मा–बलेवा यान्त्रिक पुल पर्यटकका मुख्य रोजाइ बन्नेगरेका छन् ।

मुक्तिनाथ, घोडेपानी, बाग्लुङकालिका, पञ्चकोटलगायत घुमेर फर्किनेहरूका लागि कुस्मा आकर्षक बन्ने गरेको छ । एसियाकै अग्ला दाबी गरिएका कुस्मा–ज्ञादी, कुस्मा–बलेवा र कुस्मा–मुडिकुवा झोलुंगे पुल, कुस्मा–बलेवा केबलकार, कुस्मा आसपासका गुप्तेश्वर र अलपेश्वर गुफा, मोदीवेणीधामको दर्शन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको व्यवसायीहरूको दाबी छ ।

कुस्मालाई दुई किनारबाट छुट्याएका मोदी र कालीगण्डकी किनारका प्राकृतिक संरचनामा रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, स्विमिङर्, याफ्टिङ, बन्जीजम्पका लागि आउने पर्यटक अझै बढ्ने भएकोले कुस्माको सम्भावना दिनानुदिन बढेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!