विवाहपछि पनि श्रीमतीले प्रेमीलाई बिर्सन नसके पछि श्रीमानले दुबैको बिवाह गरिदिने

Posted on: 25 Nov, 2019

मंसिर ९, एजेन्सी | छिमेकि मुलुक भारतको मध्यप्रदेशको राजधानी भोपालमा एक सफ्टवेर  इन्जिनियरले श्रीमतीलाई प्रेमीसँग विवाह गराइदिनका लागि सम्बन्धविच्छेद गर्ने बताएका छन् | स्थानीय सन्चार माध्यममा जनाइए अनुसार मुकेश र अलका (काल्पनिक नाम) को सात वर्ष अघि विवाह भएको थियो | 

यिनीहरुका दुई सन्तान पनि छन् | राम्रो संग सम्बन्ध चलिरहेका बेला अलकाको जीवनमा आफ्नो पुराना प्रेमीको आगमन भएपछि श्रीमान श्रीमतीबीचको दुरी बढ्दै गएको हो | अलका र ती युवकबीच अन्तर्जातीय प्रेम रहेकाले उनका पिता उनीहरुको विवाहका लागि तयार नभएकोले अलकाको इच्छाविपरित विवाह भएको बताइएको छ | 

श्रीमान्–श्रीमतीबीचको दुरी कम गर्नका लागि दुईजनाको काउन्सिलिङ गराइयो । तर यति गर्दा पनि उनीहरुबीचको सम्बन्ध सामान्य हुन नसकेको बताइन्छ । श्रीमान् मुकेशले काउन्सिलरलाई लाखौं कोसिसका बाबजुद अलका आफूसँग खुसी नभएको बताए । अलकाले प्रेमीलाई असाध्यै मन पराउने र केही गरी पनि बिर्सन नसकेको मुकेशले बताए । अलकाले पनि काउन्सिलिङको क्रममा आफ्नो पहिलो प्रेमलाई बिर्सन नसकेको स्विकार गर्दै आफू प्रेमीसँग नै बस्न चाहेको स्विकारिन् । मुकेशले यदि बच्चालाई राख्न नचाहे उनीहरुलाई आफैसँग राख्ने पनि उनले बताइन् |

त्यसपछि फ्यामिली कोर्टमा मुकेशले आफ्नी श्रीमती अलकाको विवाह प्रेमीसँग गराइदिने बताए । त्यसपछि सम्बन्धविच्छेदका लागि पनि निवेदन दिए । काउन्सिलर शैल अवस्थी पनि यो प्रेमकथा सुनेर अचम्ममा परेको बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!