संग्रहालयबाट एक खर्ब २६ अर्ब बराबरका गहना चोरी, दोश्रो विश्वयुद्धपछिकै ठूलो कला डकैती

Posted on: 26 Nov, 2019

मंसिर १०, एजेन्सी | विश्वप्रसिद्ध पूर्वी जर्मनीमा अवस्थित संग्रहालयबाट करिब एक अर्ब युरो अर्थात झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ बराबरका गहनाहरु चोरि भएको छ |

चोरले सोमबार बिहान सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा बनाइएका तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरेको प्रहरीले जनाएको छ | उक्त घटनालाई दोश्रो विश्वयुद्धपछिकै ठूलो कला डकैती मानेको छ | स्थानीय समय अनुसार सोमबार ५ बजे घटना भएको हो | घटनापछि प्रहरीले अनुसन्धान गरिरहेको छ | चोरि गरिएका ति गहनाहरु टुक्र्याएर बेचिन सक्ने अधिकारी बताउछन् |


प्रहरीले एक सन्दिग्ध व्यक्ति सुरक्षा क्यामराले खिचेको भिडिओमा देखिएको बताएको छ तर अझै पनि कोही पक्राउ परेका छैनन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!