बिहे गर्नु अघि तिन महिने तालिम लिनै पर्ने,कोर्ष पास नगरे बिहे गर्न नपाइने !

Posted on: 28 Nov, 2019

 एजेन्सी | सामाजिक परम्परा र मान्यता अनुसार केटाकेटी दुबैकोमन मिलेर विवाह गर्ने गरिन्छ | प्राय परीक्षा पास गरेर बिवाह गर्नुपर्छ भन्ने त कतै सुनिएको थिएँन् | तर इण्डोनेसियामा विवाह गर्नका लागि तिन महिने तालिम पास गर्नु पर्ने नियम लागुहुने भएको छ |

संचार माध्यममा जनाइए अनुसार  इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री-वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ | उक्त कोर्षमा वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस् भन्ने उदेश्यका साथ् जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिने बताइएको छ | साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ |

जुन कोर्स तिन महिनाको हुने छ भने यो कोर्ष पास नगरी कुनै पनि युवाले बिवाह गर्न पाउने छैनन् | जसले यो पाठ्यक्रम पास गर्नेछ उसले मात्र बिहे गर्न पाउनेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!