दक्षिण एसियाकै अग्लो बन्जी पर्वतमा बन्यो (भिडियो)

Posted on: 29 Nov, 2019

पर्वत । कालीगण्डकी नदीमाथी निर्माणाधिन कुश्मा बलेवा बञ्जिजम्प अंग्रेजी नयाँ वर्ष सन् २०२० संगै सञ्चालन गरिने भएको छ । 

नेपाल सरकारले पर्यटन वर्षका रुपमा २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँने तयारी गरेको बेला भ्रमण वर्षलाइनै लक्षित गरी दक्षिण एसियाकै अग्लो र लामो बन्जिजम्प संचालन गर्ने तयारी गरिएको हो ।

पर्वतको कुश्मा बाट बागलुङको बलेवा जोड्ने गरि नदीमाथी बञ्जिजम्प बनाईँदै छ । करिव २० करोड लगानीमा बनाईएको साहसिक पर्यटनको यो बञ्जि पर्यटनको मुख्य गन्तव्य बन्ने विश्वास गरिएको छ ।


कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट साढे दुई सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेगरि झोलुङ्गे पुल तयार गरिएको छ ।

पर्वत जिल्लाका ११ जना यूवाको लगानीमा यो सबै काम भैरहेको छ । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन् ।

लगानीकर्ताहरुले करिव २० करोड लगानीमा तयार भएको बन्जिको निर्माण द क्लिफ प्रा.लि. मार्फत गरिएको हो।


कम्पनीकै नामबाट बन्जी, रिसोर्ट, स्काई साइक्लिङ र स्वीङ सञ्चालन गर्ने तयारी रहेको लगानीकर्ता यूवा राजु कार्किले जानकारी दिनुभयो ।

०७३ बैसाखमा शुरु बन्जी सहित रिसोर्टका संरचनाको निर्माणकार्य सकिएको छ । बन्जीसंगै स्काई साइक्लिङ, स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको एकैसाथ सञ्चालन तयारी छ ।

भिडियो



यस बिषयमा तपाइको प्रतिक्रिया...!