बाँदरबाट बाली जोगाउन कुकुरलाई नै बाघ बनाए पछि..

Posted on: 01 Dec, 2019

एजेन्सी | बाँदरले बालीनाली नोक्सानी गरेपछि हैरान बनाएको हामीले नै देखेका छौ | बाँदरबाट बालि जोगाउन स्थानीय तहले समेत बजेट छुट्ट्याएका छन् | यस्तै बाँदरले हैरान पारेपछि भारतको कर्नाटकका एक किशानले यस्तो अनौठो उपाए निकालेका छन् |


बादरबाट बालीनाली जोगाउन किशानले आफ्नो कुकुरलाई बाघ बनाएका छन् | सुन्दा अचम्म लाग्छ कुकुरलाई कसरी बाघ बनाउन सकिन्छ ? उनले आफ्नो कुकुरलाई बाघको जस्तै रङ्ग लगाएपची त्यो कुकुर बाघ जस्तै देखिने भएको छ |

उनले लगाएको यो आइडियाले गर्दा कुकुरबाट बाँदर तर्सिन्छन | त्यसपछि बादर खेतको आसपासमा समेत आउन छोडी सकेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!