गम्भीर बिषयमा छलफल चलेको बेला संसद् बैठकमै सांसदले गरे प्रेमिकालाई बिहेको प्रश्ताव !

Posted on: 03 Dec, 2019

एजेन्सी | जनताले आफ्नो प्रतिनिधिको रुपमा संसदलाई पठाएका हुन्छन | आफ्नो आवाजलाई बोलोस् भन्ने जनता चाहन्छन | र  सांसदले पनि जनताको बोलि बोल्छन् | तर  एकजना सांसदले संसदमा बोल्दै आफ्नी गर्लफ्रेण्डलाई बिहेको प्रस्ताब गरेका छन् |


इटालीमा भएको उक्त घटनामा । सांसदले संसदभित्रै गर्लफ्रेण्डलाई प्रपोज गरेका छन् | संसदमा  बोल्ने क्रममा ती सांसदले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताव गरेका हुन् | उनकी गर्लफ्रेन्ड संसदको दर्शकदीर्घामा बसेकी थिइन् |

बिहीबार भएको यस घटनामा आफ्नो प्रेमीले बिहेको प्रस्ताव गरेपछि आश्चर्य चकित हुँदै एलिसाले उक्त प्रस्ताव स्वीकारेकी छन्  | त्यसपछि अरु सासदहरुले बधाई दिएका छन् | संसद् चलिरहेको बेला प्रेमिकालाई प्रस्ताव गर्ने सांसदको यस्तो कार्य संसदको मर्यादाविपरित थियो |  सभामुखले उक्त कार्य नियमविपरीत रहेको बताए |

संसदमा भूकम्पपछिको पुनर्निर्माणको विषयमा बहस चलिरहेको बेला ती सांसदले प्रेमिकालाई प्रस्ताव राखेका थिए  | राष्टको गम्भिर बिषयमा छलफल चलिरहेको बेला उनले त्यस्तो कार्य गरे पछि सभामुखले ध्यानाकर्षण गराए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!