२० किलोको अजिंगर यी महिलाले हातले समातेर ब्यागभित्र राखेपछि...

Posted on: 13 Dec, 2019

मंसिर २७, एजेन्सी | सामान्यतया सबैलाई अजिंगर भन्ने बितिक्कै डर लाग्छ नै | तर एक महिलाले हातले समातेरै उक्त अजिंगरलाई नियन्त्रणमा लिएकी छन् | भारतमा भएको उक्त घटनामा ती महिलाको घर पछाडिको रुख नजिकैको घाँसे मैदानमा उक्त अजिंगर देखिएको थियो |


उनी आफुलाई निकै बहादुरी बताउदै आएकी छिन् | नेवी अफिसरकी श्रीमती उनको ना भने बिद्या बताइएको छ | ट्वीटरमा पोष्ट गरिएको उक्त भिडियोमा लेखिएको छ, ‘२० किलोको अजिंगरलाई वरिष्ठ नेभी अफिसरकी श्रीमतीले जिउँदै समातेकी छिन् । महिलालाई छोडौं, यस्तो बहादुरी कतिजना पुरुषले देखाउन सक्छन् भनेर सोचिरहेको छु '|

विद्याले अजिंगरलाई बच्चा भनेर बोलाउँदै निकै जतनका साथ ब्यागमा राखेकी छिन् | नलाई एक महिला र एक नौसेना अधिकारीसहित तीनजनाले सहयोग गरेका छन् | विद्याले आफ्नो नेतृत्वमा उक्त अजिंगरलाई सकुशल ब्यागभित्र राखेकी छिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!