१८ हजार वर्षदेखि हिउँमा पुरिएको ‘कुकुर’ देखेर वैज्ञानिक पनि चकित

Posted on: 15 Dec, 2019

एजेन्सी | मानिसको मृत्यु भएपछि केहि समय फिरिजमा राखेर सुरक्षित पार्न सकिन्छ | तर एउटा यस्तो अचम्मको रहस्य फेला परेको छ,जसलाई देखेर वैज्ञानिकहरु नै चकित परेका छन् | साइबेरियामा एउटा १८ हजार वर्ष पुरानो कुकुरको शव बरफमुनी दबिएको अवस्थामा भेटिएको छ |


अनुसन्धानकर्ताहरुले भने अनुसन्धान गरिरहेका छन् | कुकुरको मृत्यु हुदाँ दुई बर्षको भएको वैज्ञानिकहरुले पत्ता लगाएका छन् | रेडियोकार्बन थेरापीमार्फत् मृत्युको समय, कुकुरको उमेर र कतिवर्षदेखि बरफमा पुरिएको  थियो भनेर पत्ता लगाइएको हो |


त्यति लामो समय सम्म हिउमा पुरिदा समेत कुकुरको दाँत, रौं र  नाक भने सहि अवस्थामा छन् | पेलियोजेनेटिक्समा अनुसन्धानकर्ता डेव स्टेनटनले सिएनएनसँगको कुराकानीमा कुकुरको डिएनए सिक्वेन्सिङमार्फत् यो एउटा यस्तो प्रजातिको हो जुन कुकुर र ब्वाँसोको पूर्वज एकै हुन् भन्ने जानकारी दिएका छन् |

अनुसन्धानकर्ता लव डेलनले एक ट्वीटमा के यो शव ब्वाँसोको हो वा  सबैभन्दा पुरानो कुकुर भेटिएको हो भनेर प्रश्न सोधेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!