इस्टोनियाकि राष्ट्रपतिले ३४ बर्षीय प्रधानमन्त्रीसँग मागिन माफी,के भनेका थिए गृहमन्त्रीले ?

Posted on: 17 Dec, 2019

पुष १, एजेन्सी | विश्वकै कान्छी प्रधानमन्त्री फिनल्याण्डकी सन्ना मरिनलाई इस्टोनियाका गृहमन्त्रीले सेल्स गर्ल’ भनेपछि  इस्टोनियाकी राष्ट्रपतिले माफी मागेकी छिन् | ७० वर्षे मार्ट हेल्मेको अभिव्यक्तिका कारण आफु लज्जित भएकि राष्ट्रपति केयर्सती काल्जेलेदले बताएकी छन् |

आफ्नो पार्टीको रेडियो टक शोमा हेल्मेले उक्त अभिव्यक्ति  दिएका थिए | उनले भनेका छन् , ‘अब हामीले देखिरहेका छौं कि एक ‘सेल्स गर्ल’ कसरी प्रधानमन्त्री बनेकी छिन् र उनको मन्त्रीमण्डलमा कसरी सडक कार्यकर्ता र अशिक्षित व्यक्ति पनि समावेश भएका छन्, | फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिनले फू गरिब परिवारमा हुर्किएको र आफूले युनिभर्सिटीको पढाई पूर्व र राजनीतिक यात्रामा प्रवेश गर्नु भन्दा अगाडी सेल्स असिस्टेन्टको रुपमा काम गरेको बताएकी थिइन् |

उनको परिवामा उनी एक्ली सदस्य हुन् उनले मात्र  हाइ स्कूलको पढाई पूरा गरेर युनिभर्सिटीमा भर्ना भएकि थिइन् | उनले भनेकी छिन् ‘यहाँ गरिब परिवारको सन्तान पनि शिक्षित हुनसक्छन् र आफ्नो जीवनमा धेरै कुराहरु हासिल गर्न सक्छ । एउटा पसलको क्यासियर पनि देशको प्रधानमन्त्री हुनसक्छन्,|’ हेल्मेले आफ्नो कुराको गलत अर्थ लगाएको उनको भनाइ छ |

उनी भन्छिन,यदि कसैले यसको गलत अर्थ निकालेका छन् भने पक्कै पनि म फिनल्याण्डकी प्रधानमन्त्रीसँग माफी मागिरहेको छु भनेर जानकारी गराउन चाहन्छु |' यसपछि इस्टोनियाका राष्ट्रपति काल्जुलेदले बक्तव्य जारी गरेर माफी मागेकी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!