देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय

Posted on: 17 Dec, 2019

पुस १, एजेन्सी | पाकिस्तानका पूर्व राष्ट्रपति परबेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ | पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले इतिहासमा पहिलोपटक  पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो |

उनलाई देशद्रोहको मुद्दामा मंगलबार इस्लामावादस्थित विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको हो | उक्त फैसलाको पूर्ण पाठ ४८ घण्टाभित्र जारी गरिनेछ | सन् २००७ नोभेम्बर ३ मा संकटकाल लागु गरेको आरोपमा मुर्सरफविरुद्ध सन् २०१३ देखि देशद्रोहको मुद्दा चलिरहेको थियो |

पूर्व सैन्य प्रमुख अहिले दुबईमा बसोबास गरिरहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!