अमेरिकामा सात महिने बालक मेयर, कसरी लिए सपथ ?

Posted on: 20 Dec, 2019

पुस,४ एजेन्सी | अमेरिकामा सात महिनाका एक बालक मेयर बनेका छन् | यति सानो उमेरमै मेयर बन्ने उनी विश्वकै पहिला व्यक्ति हुन् | अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका छन् |


उनी निर्वाचित मेयर भने होइनन् | मेयरको सपथ पनि लिइसकेका छन् भने उनको सपथ समारोहमा  १५० जना विशिष्ट अतिथि उपस्थित भएका थिए | समाचारमा बताइए अनुसार  ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिन्छ । बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ |

यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो | त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो | बोलिनै नफुटेका बालकले कसरी सपथ लिने भन्ने समस्या देखिएको थियो | तर उनले आफ्ना आमाबुवाको साथमा बसेर सपथ लिएका छन् | उनले पढ्नुपर्ने कुरा आमाबुवाले पढेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!