चार वर्षको छोरालाई अजिंगरले घिसारेर जंगलतिर लग्दै गरेको जब बुबाले देखे..

Posted on: 22 Dec, 2019

पुस ६, एजेन्सी | एउटा यस्तो डरलाग्दो घटना भएको छ,जहाँ चार बर्षिय बालकलाई अजिंगरले जंगलतिर लागेको छ | उक्त घटना उनका बुवाले नै देखेका छन् | १५ फुटको स्क्रब अजिंगरले घरको पछाडि रहेको जंगलमा घिसारेर लाने प्रयास गरेको थियो |


चार बर्षिय क्लिफोर्ड थोम्पसनलाई गत हप्ता अजिंगरको खतरनाक आक्रमणपछि अस्पताल पुर्‍याइएको छ | उक्त अजिंगरको आक्रमणबाट ति बालकलाई ठूलै चोट लागेको छ | बुवा उत्तरी क्विन्सल्याण्डको एर्ली बीचस्थित नयाँ घरमा भर्खरै सरेका थिए |


‘घरमा अन्य सदस्य पनि थिए । पुलमा अन्य ६ बालबालिका पनि थिएँ र हामीले उनीहरुमाथि निगरानी राखिरहेका थियौं,’ थोम्पसनले डेली मेल अष्ट्रेलियालाई बताए | ‘त्यसपछि मैले घर पछाडिबाट बच्चा चिच्याएको सुनेँ । यताउती हेरेपछि एउटा अजिंगरले आफ्नो मुख मेरो छोराको खुट्टामा गाडिरहेको देखेँ ।’


उनका छोरा क्लिफोर्ड थम्पसनले अजिंगरले घिसारिरहेका बेला रेलिङ समातिरहेका थिए | उनले भने म त्यहाँ नभएको भए अजिंगरले मेरो छोरा मारिसक्थ्यो | उनले अजिंगरको टाउकोमा हातले हिर्काए,त्यसपछि मात्र उनको छोरोलाई अजिंगरले छोड्यो | 


फेरी उनको छोरोलाई अजिंगरले आक्रमण गरेपछि अजिंगरलाई घाँटीमा समातेँ र त्यसको मुख च्यातेंका छन् | उनको छोराको खुट्टामा चोट लागेको छ भने अजिंगरले टोकेको ठाउँमा केही दाग छन् | शुक्रबार उनको

शल्यक्रिया भएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!