जनवरी १ देखि नेदरल्याण्डले आफ्नो ‘उपनाम’ त्याग्दै, यस्तो छ कारण

Posted on: 01 Jan, 2020

पुस १६, एजेन्सी | पानी मुनिको देश भनेर चिनिने युरोपेली मुलुक नेदरल्याण्डले जनवरी १ बाट एउटा महत्वपूर्ण परिवर्तन गर्दैछ | नेदरल्याण्डले सन् २०२० बाट आफ्नो देशको उपनाम अर्थात् ‘हल्याण्ड’ हटाउने भएको छ |

नेदरल्याण्डको अर्को नाम हल्याण्ड हो | जसको पर्यटन वेबसाइटको नाम समेत Holland.com रहेको छ | सरकारले यसका लागि रिब्राण्डिङ्ग अभियान मार्फत १ जनवरी २०२० देखि नेदरल्याण्डले आधिकारिक रुपमा सबै कम्पनीहरु, राजदूतावासहरु, मन्त्रालय तथा विश्वविद्यालयमा रहेको हल्याण्ड नाम हटाउनेछ र केवल नेदरल्याण्ड मात्र राख्नेछ |

स्थानीय संचार माध्यमका अनुसार देशको नामलाई रिलञ्च गर्नका लागि नेदरल्याण्ड सरकारले दुई लाख युरो बजेट विनियोजन गरेको छ | हल्याण्ड नेदरल्याण्डको एउटा ठाउँ हो | जसमा एम्सटर्डम, रोटरडम र द हेग जस्ता प्रसिद्ध सहरहरु रहेका छन् |

तर प्रायः मानिसहरुले पूरै नेदरल्याण्डलाई नै हल्याण्डको नामले चिन्छन् | टोकियोमा हुने सन्२०२० को ओलम्पिकमा सहभागिताका साथै युरोभिजन गीत प्रतियोगिताको आयोजना लगायतका कारणले गर्दा नेदरल्याण्डले आफ्नो उपनाम त्याग्न थालेको बताइएको छ | शको नाम रिब्राण्डिङ्गका पछाडिको मुख्य उद्देश्य पर्यटक लोभाउनु भएको बताइउको छ | पर्यटकहरु राजधानी एम्स्टर्डमको अलावा अन्य सहरहरुमा पनि घुम्न जाउन् भनेर सरकारले प्रोत्साहित गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!