यी हुन् संसारकै भयानक डरलाग्दा पुलहरू हेर्नुहोस यस्ता छन्

Posted on: 02 Jan, 2020

एजेन्सी | संसारमा यस्ता ठाउँहरु पनि छन्, कसरी बनायो यस्ता संरचनाहरु भनेर अचम्म छौ हामि | विश्वका यस्ता डरलाग्दा पुलहरू पनि छन् हेर्नुहोस :

१. अमेरिकाको सबैभन्दा अग्लो सस्पेन्सन ब्रिज रोयल गोर्ज ब्रिज, कोलोराडो हो | यसको निर्माण सन्  १९२९ मा भएको थियो | अहिले पनि यो पुल पर्यटकको रोजाइमा नै पर्न सफल छ |


२. संसारको सबैभन्दा डरलाग्दो पूल हुसैनी ह्यांगिङ ब्रिज, पाकिस्तानमा छ | यो पूलमा हिँड्दा थोरै गडबडी भए भने पनि सिधै हुन्जा नदीमा खस्ने निश्चित छ |


३. डिसेप्सन पास ब्रिज, वासिङ्टन स्टेटमा छ | यो पुलले ह्विडबे र फिडाग्लो टापूलाई जोड्छ |


४. लेक पोन्टचाट्रेन कजवे, लुसियाना जुन संसारको सबैभन्दा लामो यो पुल पानीको छालभन्दा १६ फिटमाथि बनेको छ  | यो पुल सन् १९५० मा म्यान्डेभिल र मेतेइरीलाई जोड्न बनाइएको थियो | त्यतिबेलादेखि यसलाई संसारको खतरनाक समेत बताएको छ |


५. क्यानोपी वाक, घाना पूल जमिनभन्दा ४० फिटमाथि बनेको छ | यहाँ यात्रा गर्दा चराचुरुङ्गी र बाँदरसँग भेट भइरहन्छ भने यो पूलको एक हजार फिट लामो छ |


६. ल्याङ्गकावी स्काई ब्रिज, मलेसियामा रहेको जमिनभन्दा चार सय फिट माथि घुमाउरो आकृतिको यो स्काई ब्रिज मर्मतका लागि भनेर पटक–पटक बन्द गरिएको थियो |


७. माउन्ट टिटलिस, स्विटजरल्याण्डको यो पुलमा प्रत्येक वर्ष हज्जारौंले यो पुलमा यात्रा गर्छन् र अहिलेका लागि यो संसारको सबैभन्दा सुरक्षित पूलमध्येको एक हो |


८. प्युन्ते डि ओजिउला, मेक्सिको यो पुलमुनी कुनै बेला खानी थियो | हिले यो पुल पैदल यात्रुले प्रयोग गरिरहेका छन् |


९. क्विपोस ब्रिज, कोस्टा रिका यो पुल पनि संसारको सबैभन्दा डरलाग्दो पुलमा राखिएको छ |


१०. सनसाइन स्काइवे ब्रिज, फ्लोरिडा सन् १९८० मा यहाँ बनेको पूलमा ट्याङ्क बाँधसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको थियो | यो पूल बनेपछि अहिलेसम्म दुई सय बढीले यहाँबाट आत्महत्या गरिसकेका छन् |


११. इस्हिमा ओहासी ब्रिज, जापान यो पुल निकै भिरालो र १४४ फिट अग्लो छ | यसैकारण यो निकै डरलाग्दो बनेको छ ।


१२. द ब्रिज अफ इम्मोर्टल्स, ह्वाङ्ग साङ्ग चाइना दुई पहाडको बीचमा बनेको यो पूल हेर्दा मात्रै पनि निकै भयानक छ |


१३. मोन्टोनग्रो रेनफरेष्ट, कोस्टारिका काठको यो पूल हेर्दा जति आकर्षक देखिएको छ, त्यति नै डरलाग्दो पनि । यहाँ हिँड्दा निकै ध्यान पुर्याउनु पर्छ नभए ज्यान जाने खतरा अत्यधिक छ |


१४. यू–बेन ब्रिज, म्यान्मार यसको पिलर पानीबाट सिधै माथि निस्किएको छ | यो पूल पनि पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु हो ।


१५. स्टोरसेइसुन्डेट ब्रिज, नर्वे नर्वेको यो पूलबारे बयान गरिराख्नुपर्दैन, तस्बिरले नै धेरै कुरा बताउँछ |


१६. क्यारिक–ए–रेदे रोप ब्रिज, नर्दन आयरल्याण्ड समुन्द्रमाथि बनेको यो पूल निकै डरलाग्दो छ ।


१७. सिदु रिभर ब्रिज, चीन यो पूल संसारको सबैभन्दा अग्लो पूलको रुपमा सूचिकृत छ जसले सान्घाई र चोङ्क्विङ जोड्छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!