भूकम्पपीडितलाई तीन लाख दिने सहमति

Posted on: 28 Jun, 2016

असार १४, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मागबारे छलफल गर्न आज साँझ बसेको शीर्ष नेता सहितको चार दलीय कार्यदलको बैठकमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ दिने सहमति भएको छ ।

सहमतिमा भूकम्पपीडित परिवारलाई तीन लाख रुपैयाँ नगद दिने विषयमा सैद्धान्तिक सहमति भएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताएका हुन् । सहमति अनुसार उक्त रकम एकमुस्ट दिने वा किस्तामा दिने भन्ने विषयमा भने छलफल हुन बाँकी छ । यसअघि नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै संसद बैठक अबरुद्ध गर्दै आएकोमा त्यसबारे सहमति जुटाउन आज साँझ शीर्ष नेताहरुको बैठक संसद भवन नयाँ बानेश्वरमा बसेको थियो ।

आजको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!