रिसोर्टमा बेहोस अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु

Posted on: 21 Jan, 2020

माघ ७, काठमाडौँ | मकवानपुरको दामन रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ | एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको हो | 

मंगलबार होटेलमा वेहोस अवस्थामा भेटेपछि कर्मचारीले प्रहरीलाई खबरगरि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको थियो | हेम्सा अस्पतालमा उपचारको क्रममा आठै जनाको मृत्यु भएको अस्पतालले जनाएको छ | 

मृत्युको कारण भने पोष्टआटर्म पछि मात्र खुले प्रहरीले जनाएको छ | उनीहरुले हिटर बालेर कोठाको झ्याल ढोका बन्द गरेर सुतेका कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!