कोरोना भाइरस के हो ? लक्षण कस्ता हुन्छन् र कसरी बच्ने ? जानीराखौं

Posted on: 26 Jan, 2020

माघ १२, काठमाडौँ | हाल कोरोना भाइरसको संक्रमणले विश्वभरि नै त्रास फैलिएको छ | यो भाइरसका कारण छिमेकी मुलुक चिनमा ५६ जनाले ज्यान गुमाई सकेका छन्, भने नेपालमा पनि सङ्क्रमित व्यक्ति भेटिएको पुष्टि भइसकेको छ | चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै नेपाल, अमेरिका अष्ट्रेलिया, थाइल्यान्ड र दक्षिण कोरिया सम्म फैलिसकेको छ | विश्वभरिका देशले विमानस्थलमा सावधानी अपनाउन थालिसकेका छन |

कोरोना भाइरस के हो ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कोरोना भाइरस विभिन्न प्रकारका छन्  | यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो तर अहिले त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो | अरु कोरोना भाइरस भन्दा यो भाइरसले तिब्र रुपमा मान्छेमा संक्रमण गरिरहेको छ | चिकित्सकहरुले निकै भयानक भाइरस भएको बताएका छन् |

लक्षणहरु के छन्  ?

कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण भने रुघाखोकी हुन्छ | जाडोको समयमा रुघाखोकी लाग्नु पनि सामान्य मानिन्छ | त्यसकारण यसबाट मानिसहरु  झुक्किन सक्छन |  रुघाखोकी जस्तै लागेपनि यो भाइरसले संक्रमण गरिसकेपछि क्रमस उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ | यो भाइरस उटा प्रजातिको जीवबाट अर्कोमा सर्छ | यसरी सर्दै मान्छे-मान्छे बिचपनि सर्ने गर्छ |

बच्ने कसरी ?

मुख्य त यो भाइरसबाट बच्ने उपाय भनेको सरसफाईमा ध्यान दिनु र होसियारी अपनाउनु हो | रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने गर्नु पर्छ | नियमित रुपमा साबुन पानीले हात धुने,खोक्दा र हाक्षु गर्दा नाकर मुख छोप्ने,फ्लु जस्तो देखिएमा जोकोहीको सम्पर्कबाट टाढा रहने,फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकको परामर्श लिने,जंगली तथा घरेलु पशुपंक्षीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु/अण्डा राम्रोसंग पखालेर मात्र खाने |

यस बिषयमा तपाइको प्रतिक्रिया...!