बैतडीमा आमाले ओडारमा भैंसी पालेर स्नातकोत्तर पढाएको छोराले लोकसेवा पास गरे (भिडियो सहित )

Posted on: 27 Jan, 2020

माघ १३, बैतडी | बैतडीमा आमाले ओडारमा भैंसी पालेर स्नातकोत्तर (मास्टर डिग्री) पढाएका छोराले लोकसेवा पास गर्नुभएको छ | गरिबीले खान लगाउन नपुगेपछि तीनरचार गाउँबसाँई सरेर बस्ने ठाउँको अभावमा निरक्षर आमाले ओडारमा भैंसी पालेर छोरोलाई स्नातकोत्तर पढाउनु भएको छ |

जिल्लाको पाटन नगरपालिका–७, कैलपालकी केटरी बोहराले लेकको ओडारमा भैंसी पालेर घिउ बेचेर दुई छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मर्मस्पर्शी छ | ओडारमा भैंसी पालेर छोराहरुलाई हुर्काउँदै स्कूल पढाएका केटरी बोहराका कान्छो छोरा खडकसिंह बोहराले भर्खरै लोकसेवा पास गर्नुभएको छ | खड्कसिंहले एक महिनाअघि लोकसेवा आयोगबाट प्रशासन सहायक पाँचौं तह पास गरेर डडेल्धुराको आमरगढी नगरपालिकामा सेवा सुरु गर्नुभएको छ। खड्कसिंहले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा मास्टर डिग्री गर्नुभएको छ |

लाकेसेवा पास गरेर आमाको आर्शिवाद लिन डडेल्धुराबाट घर पुग्नु भएका खडकसिंह बोहराले आमाले ओडारमा भैंसी पालेर आफुलाई हुर्काउने र पढाउने काम गरेको कुरा शब्दमा बयान गर्न नसकिने बताए। बोहराले भने, –“आमाको संघर्षको कथाले नै आफुलाई मेहनती बनाएको हो। म आमाको ऋण कहिल्यै तिर्न सक्दिन्। हामी दुई जना भाइ यति भाग्यमानी छौं कि, हामीले यस्ती महान आमा पायौं जो, आफु आक्षर तिन्नुहुन्छ तर, हामीलाई यति ठूलो संघर्ष गरेर पढाउनुभयो।”

जेठो छोरा शेरसिंह बोहराले पनि त्रिभुवन विश्व विद्यालयबाट नेपाली विषयमा मास्टर डिग्री गरेर गाउँकै माध्यमिक विद्यालयमा शिक्षक छन्। केटरी बोहरा आफू निरक्षर हुन्। नागरिकतामा नारुदेवी नाम भए पनि उनको परिचित नाम भने केटरी छ। उमेरले छ दशक पुग्न लागेकी केटरी बोहरा अहिले पनि ओडारमै भैंसीको स्याहार गर्दै आएकीछिन् |- गोर्खापत्र

हेर्नुहोस भिडियो :


यस बिषयमा तपाइको प्रतिक्रिया...!