नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो

Posted on: 27 Jan, 2020

माघ १३, काठमाडौं | चिनमा देखापरेको कोरोना भाइरस नेपालमा समेत देखा परेको छ | नेपालमा थप एक जनामा उक्त भाइरस संक्रमण भएको पुष्टि भएको छ | टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमाका अनुसार उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण देखा परेको पुष्टि भएको हो |

यस सअघि चीनबाट  नेपाल आएका एकजनामा संक्रमण देखिएको पुष्टि भएको थियो | हाल सम्म नेपालमा कोरोना भाइरस दुई जनामा देखा परिसकेको छ | चिनबाट नेपाल आएका दुई जना नेपालीमा  कोरोना भाइरसको संक्रमण भएको आशंकामा टेकु अस्पतालमा उपचार गरिएको थियो |

आइतबार उनीहरुको परिक्षणको लागी हङकङ पठाइएको रगतको नमुनाबाट भाइरसले संक्रमण गरेको पुष्टि भएको हो | ती युवकसँगै अस्पताल भर्ना भएकी ४८ वर्षकी महिलामा भने भाइरस संक्रमण नभएको अस्पतालले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!