अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आउँदै,यस्तो छ सर्त

Posted on: 29 Jan, 2020

माघ १५ एजेन्सी | छिमेकि मुलुक भारत भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४-२६ मा आउने भएका छन् | सन् २०१७ मा मोदीले अमेरिका भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पलाई भारत भ्रमणको निम्तो दिएका थिए | र फेरी उक्त निम्तो मोदीले सन् २०१९ को अमेरिका भ्रमणका क्रममा दोहोर्याएका थिए |

राष्ट्रपति ट्रम्प भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन | यद्दपी भारतीय संचारमाध्यमले फेब्रुअरी २४ देखि २६ को बिचमा आउने बताएका छन् | भारत -अमेरिका बीचको बहुप्रतिक्षित व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको हो | उक्त व्यापार सम्झौतालाई नै उच्च प्राथमिकतामा राखेर ट्रम्प भ्रमणमा आउने बाताइएको छ | राष्ट्रपति ट्रम्प संगै अमेरिकाका  वाणिज्य मन्त्री समेत आउने छन् | अमेरिकी संचारमाध्यमका अनुसार ट्रम्प भ्रमणका क्रममा काश्मीरको विषय भने उठाइने छैन | 

अमरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीले अहेमदावालमा पुनर्निमाण भइरहेको मोटेरा क्रिकेट रंगशालामा हुने र्यालीलाई सम्बोधन गर्ने कार्यसुचि रहेको छ | सन् २०१५ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत भारत भ्रमण गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!