नेदरल्याण्डमा १० हजार भन्दा बढीले दिए मर्नका लागि आवेदन !

Posted on: 02 Feb, 2020

माघ १९, एजेन्सी | नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्तिले मर्नका लागि आवेदन दिएका छन् | स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले यसबारे उक्त कुरा सदनमा जानकारी गराएका छन |

रिपोर्ट अनुसार वनलाई आफैंले समाप्त गर्ने सजिलो उपायमाथि विचार गरिरहेको बारे जानकारी दिएका छन् | उनीहरु बिरामी भएर मर्नु भन्दा सहज रुपमा मर्न चाहन्छन, रिपोर्टमा भनिएको छ |  जोंगले भनेका छन्,'यो सरकार र समाजका लागि गम्भीर बिषय हो,कुनै परिस्थितिवस निरास भइसकेका यस्ता व्यक्तिहरुको मदत गरेर सरकारले उद्दारमा ध्यान दिनु पर्छ | र उनीहरुलाई बाच्नका लागि प्रेरित गर्नुपर्छ |'

विपक्षकी सांसद पिया डिज्क्स्ट्राले ७५ वर्ष माथिकाले इच्छामृत्युको आवेदन गर्ने सम्बन्धि एक विधेयक पेश गर्ने बताएकी छिन् | सन् २००१ मा ठूलो संख्यामा इच्छा मृत्यु चाहनेहरुको बढ्दो संख्याका कारण नेदरल्याण्ड सरकारले सन् २००१ मा इच्छामृत्युमा रोक लगाएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!