कोरोनाभाइरसबाट ४ सय ९० जनाको मृत्यु, एकैदिन ४ हजार संक्रमित थपिए

Posted on: 05 Feb, 2020

माघ २२, एजेन्सी | चिनको वुहानबाट सुरुभएको कोरोना भाइरसले विश्व्यापी महामारीको रुप लिएको छ | यो भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ | हिजोमात्रै चिनमा ६५ जनाको मृत्यु भएको छ | हालसम्म ४ सय ९० जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ |

नोवेल कोरोनाभाइरस संक्रमितको संख्या २४ हजार ३ सय २४ जना सम्म पुगिसकेको छ | हिजो मात्रै  ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका छन् | हुवेई प्रान्तको राजधानी वुहानबाट डिसेम्बर अन्तिम सातादेखि फैलिएको कोरोनाभाइरसले आइतबारसम्म ३ सय ६१ जनाको ज्यान लिएको छ। १७ हजार २ सय पाँच जना बिरामी परेका छन् | चिनबाहिरै पनि फिलिपिन्स हंकंगमा एकएक जनाको ज्यान गइसकेको छ | हालसम्म विश्वका दुई दर्जन भन्दा बढी देशमा यो भाइरसको संक्रमण भेटिसकेको छ | 

भाइरस यति रहस्यमयी छ कि यसको ठ्याक्कै नाम के राख्ने भन्ने पनि वैज्ञानिकहरूले मेसो पाउन सकेका छैनन् | सन् २०१९ मा सुरू भएकाले कतिपयले यसलाई nCoV-2019 भनेका छन्। त्यो भनेको नोवेल कोरोनाभाइरस २०१९ को छोटो रूप हो | 

कोरोनाभाइरस पहिला जनावरमा देखिने गरेको थियो | सुक्ष्म रूपमा नियाल्दा यो भाइरस ताज (क्राउन) जस्तै देखिने भएकाले कोरोनाभाइरस भनिएको हो | विश्व स्वास्थ्य संगठनले समेत विश्व स्वास्थ्य संकटका घोषणा गरिसकेको छ | विश्वका धेरै देशहरुले चिनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरिसकेका छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!