अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिका बलात्कृत

Posted on: 07 Feb, 2020

माघ २४, काठमाडौँ | भारतको नयाँ दिल्लीमा रहेको अमेरिकी दुतावासको हाताभित्र पाँच वर्षीया बालिकामाथि बलात्कार भएको छ | ति बालिकालाई बलात्कार गरेको आरोपमा २५ बर्षिय युवक पक्राउ परेका छन् | प्रहरीका अनुसार बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई पक्राउ गरिएको हो |

शनिबार भएको उक्त घटना परिक्षणमा ति बालिकामाथि बलात्कार भएको पुष्टि भएको छ | उनका बुबा दुतावासमा काम गर्ने र दुतावास हाताभित्रै बस्थ्ये | बलात्कारको आरोप लागेका व्यक्तिका बुबा पनि दुतावास भित्रै काम गर्ने भएको बताइएको छ |

आरोपित युवक चालक भएको तर दूतावासको कर्मचारी नभए पनि बुवासँगै दूतावास हातास्थित कर्मचारी आवासमा बस्ने गरेको प्रहरीले जनाएको छ | दिल्लीको केन्द्रमा रहेको चाणक्यपुरीस्थित कूटनीतिक क्षेत्रमा अमेरिकी दूतावास रहेको छ | कडा सुरक्षा रहेको दूतावास २८ एकडमा फैलिएको छ | त्यहाँ स्थानीय कर्मचारीहरू पनि काम गर्छन् |

अनुसन्धानकर्ताहरूका अनुसार  आरोपित र पीडितका परिवारको राम्रो चिनजान थियो | अधिकारीका अनुसार अभिभावकहरू बाहिर भएको अवस्थामा ती युवकले बालिकालाई लोभ्याएर आफ्नो घरमा लगेका थिए | ति बालिका घर फर्किएपछि आफ्नी आमालाई उक्त घटना सुनाइन | 

प्रहरीले ती व्यक्तिविरुद्ध भारतको बालिका सुरक्षासम्बन्धी कडा कानुनअन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ | एक आठ वर्षीया बालिकाको बलात्कारपछि हत्या र १६ वर्षीया किशोरीको बलात्कार भएको घटनाले चर्को विरोध निम्त्याएपछि सरकारले सन् २०१८ मा बालिका बलात्कार गर्नेविरुद्ध मृत्युदण्ड लागु गरेको थियो |-बिबिसी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!