कोरोना भाइरसका कारण चिनमा अमेरिकी नागरिको मृत्यु

Posted on: 09 Feb, 2020

माघ २६, एजेन्सी | चिनको वुहानमा देखापरेको कोरोना भाइरसका कारण एकजना अमेरिकी नागरिकको मृत्यु भएको छ | आइतबार हुबेई प्रान्तको राजधानी वुहानमा ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको बेइजिङमा रहेको अमेरिकी राजदूतावासले जनाएको छ | 

नोवल कोरोना भाइरसको कारण हालसम्म  ८१३ जनाले ज्यान गुमाइसको छ | चिनमा उक्त भाइरसको संक्रमणबाट पहिलोपटक बिदेशी नागरिकको मृत्यु भएको हो | चिन बाहिर एकजना फिलिपिन्स र एकजना हंकंगका नागरकले ज्यान गुमाएका छन् |

हाल सम्म दुई दर्जन भन्दा बढी देशमा यो भाइरसको संक्रमण भेटिएको छ | तिब्र रुपमा विश्वभर फैलिरहेको यो भाइरसबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ भने गत महिना विश्व स्वास्थ्य संकटका घोषणा गरिसकेको छ |

विश्व स्वास्थ संगठनले यो भाइरसबाट मृत्यु हुनेको संख्या सन् २००२/०३को सार्स महामारीबाट भन्दा बढी भएको जनाएको छ |  सार्सबाट ७७४ जनाले ज्यान गुमाएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!