अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ज्यान मार्ने धम्की,एकजना पक्राउ

Posted on: 10 Feb, 2020

माघ २७, एजेन्सी | संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ज्यान मार्ने धम्की दिने एकजना पक्राउ परेका छन् | ह्वाइट हाउसबाहिर ट्रम्पको हत्या गर्ने धम्की दिएका २५ वर्षीय रोजर हेजपेथलाई प्रहरीले पक्राउ गरेको छ | 

फ्लोरिडा बस्ने ती व्यक्ति ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अधिकारीसमक्ष ‘म यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै पुगेको वासिङ्टन डिसी मेट्रोपोलिटन प्रहरीले जनाएको छ |

ती व्यक्तिको साथबाट एउटा चक्कु पनि बरामद गरिएको प्रहरीले जनाएको छ | पक्राउ परेका ति व्यक्तिको मानसिक अवस्था ठिक नभएको गुप्तचर विभागका अधिकारीले बताएका छन् | उनलाई  मानसिक अस्पताल  लगिएर उनको मानसिक स्वास्थ्य अवस्थाको परीक्षण गरिंदै छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!